औषधिको द्रुत खरीद प्रक्रियामा ढिलाई : सम्झौता प्रक्रिया अझै टुंगिएन

medicines-l

नेपाली हेल्थ / काठमाडौँ – तीन महिनाका लागि एक महिना भित्रै अभाव भएका औषधि ल्याईसक्ने गरी गत महिना निणर्य भएको द्रुत खरीद प्रक्रियामा ढिलाई भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २८ मंसिरमा अभाव देखिएका ८८ वटा औषधि द्रुत खरीद प्रक्रियाद्धारा ल्याउनका लागि एक साताको समय दिएर आपूर्तिकर्तालाई टेण्ड आवहान गरेको  थियो ।

सो अवधीमा ४४ प्रकारका औषधिका लागि मात्रै आपूर्तिकर्ताको टेण्डर परेको थियो । तर मन्त्रालयले अहिलेसम्म त्यहि टेण्डरमै अल्झिरहेको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भिमसिं टिंकरीले छनौट भएका १६ वटा कम्पनीसंग सम्झौता हुँदै गरेको जानकारी दिए । उनले सम्झौता पुरा भएको एक महिना भित्रमा मात्रै औषधि ल्याउनुपर्ने सर्त रहेको समेत स्पष्ट पारे ।

तर, नाकाबन्दीबाट सिर्जित समस्या तत्कालका लागि हल गर्न भन्दै द्रुत प्रक्रिया अघि सारिएको थियो । सो प्रक्रियाबाट तीन महिनाका लागि मात्रै औषधि खरीद गर्ने निर्णय भएको थियो । सो का लागि मन्त्रालयले करीब २२ करोड रुपैया बजेट छुट्याएको थियो । अहिले ४४ प्रकारका औषधिका लागि करीब ६ करोड रुपैयाको सम्झौता भएको छ । ‘बाँकी अब नियमति प्रक्रियाबाटै आउछ होला’ डा. टिंकरीले भने ।

औषधि क्षेत्रीय गोदाममा पठाइदै

मधेस आन्दोलन र इन्धन अभावले देखिएको औषधि वितरण प्रक्रिया केही सहज बनेको छ । आपूर्ति महाशाखाले पछिल्ला दिनमा धनगडी , नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रीय डिपोहरुमा औषधि पठाउन थालेको जनाएको छ ।

केन्द्रबाट कतिपय जिल्लामा समेत औषधि पठाइने गरेको निर्देशक डा. टिंकरीले बताए । उनले भने, ‘जिल्लामा सबै औषधि त पुगेको छैन होला तर हामीसंग जे जति छ त्यो पुरयाउने कोशिष गर्दैछौ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *