बीरको नयाँ आइसियु भवन भत्काउने जिम्मा सेनालाई, क्वाटरमा बसेकाले २० माघ पछि छाड्नै पर्ने

bir hospital

नेपाली हेल्थ /काठमाडौँ – गत बैशाखको भूकम्पले चर्केको बीर अस्पतालको  नयाँ आइसियु भवन भत्काउने जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले माघको पहिलो साता देखी सो भवन भत्काउन सुरु गर्ने जनाइएको छ ।

जापानी सहयोग नियोग जाइकाले तीन तल्ले अत्याधुनिक भवन बनाउने योजना अनुरुप चर्केको भवन भत्काउन लागिएको हो । ‘अहिले चाही हामीले सामान सार्ने कार्य गरेका छौँ ‘ नेपाली हेल्थसंग अस्तपालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले  बताए ।

यसअघि नै  पुरानो भवन भत्काइ स्थान बनाइदिने जिम्मा नेपाल सरकारको र भवन सहित अत्याधुनिक उपकरणको व्यवस्था गर्ने जिम्मा जाइकाले गर्ने गरी सम्झौता भएको थियो । जाइकाले आगामी बैशाख जेठ देखी निर्माण सुरु गरी १४ महिना भित्र निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने बताएको छ ।

निर्देशक डा. पण्डितले नयाँ भवनमा भवनमा मुटु, मृगौला र पेट रोग विभागहरु बताए । त्यस्तै अप्रेसन थियटर, आईसियु, भेन्टीलेटर, हेमो डाइलासिस लगायतका सेवाहरु पनि सो भवनमै राख्ने तयारी भएको जानकारी दिए । उनले भवन बनाईसकेपछि ती भवनमा रहने विभागका लागि चाहिने बेड तथा उपकरणहरु समेत जाइकाले उपलव्ध गराउने बताए ।

स्टाफ क्वाटर २० माघसम्म खाली गर्न निर्देशन

यता बीर अस्पताललाई उच्चस्तरीय अस्पताल बनाउने सरकारको दीर्घकालिन योजना अन्तर्गत चिकित्सक तथा कर्मचारीको क्वाटर तथा नर्सिङ क्याम्पस रहेको भवन खाली गर्न २० माघ सम्मको समय सीमा दिएको छ ।

‘नर्सिङ कक्षा सञ्चालन गर्न चक्रपथ वरीपरीसम्मको क्षेत्रमा भवनको लागि १५ दिने टेण्डर आवहानको समय सीमा अन्तिम चरणमा पुगिसकेको छ । क्वाटरको रुपमा बस्दै आएका चिकित्सक तथा कर्मचारीलाई पनि २० माघसम्म क्वाटर खालि गरिदिन सूचना जारी गरिसकिएको छ । त्यसपछि सो भवन पनि भत्काउने कार्य सुरु हुन्छ ‘ निर्देशक पण्डितले भने ।

उनका अनुसार सो स्थानमा सरकारी खर्चमै ९ तल्ले अत्याधुनिक भवन बनाइदै छ । जसमा जमीनमुनि २ तल्ला र माथि ७ तल्ला हुनेछ । सर्जिकल विभाग रहने सो व्लकमा ६५० सैया रहने डा पण्डितले जानकारी दिए । त्यसका लागि २ अर्व ८६ करोड रुपैया बजेटमा विनियोजन भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *