युनिसेफको कार्यकारी बोर्डमा नेपाल

UNicef

नेपाली हेल्थ /काठमाडौँ- नेपालले शनिबादेखि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को कार्यकारीको कार्यभार सम्हालेको छ । यसअघि, एसिया प्रशान्त क्षेत्रले आफ्नो समूहको तर्फबाट नेपाललाई सन् २०१६–१८ का लागि सर्वसम्मतिबाट कार्यकारी चयन गरेको थियो ।

उक्त क्षेत्रले संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई कार्यकारी बोर्डको ब्युरो उपाध्यक्षमा शनिबार निर्विरोध निर्वाचित गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

१४ वर्षपछि नेपालले युनिसेफको कार्यकारी बोर्डमा काम गर्ने अवसर पाएको हो । यसअघि नेपालले सन् १९८२ देखि १९८५, सन् १९९२ देखि १९९५ तथा सन् २००२ देखि २००४ सम्म बोर्डमा रही काम गरिसकेको छ ।

विश्व शान्ति स्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको राष्ट्रसंघीय विशेष कमिटीको  स्थायी समिति सदस्य नेपालले हाल संयुक्त राष्ट्रसंघीय महासभाको प्रशासकीय तथा बजेट समितिको नेतृत्व पनि गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *