चिकित्सा शिक्षा अध्ययन गराउनेको बढुवा प्रक्रियालाई एकरुपता दिइदै

Nepal-medical-council-1

नेपाली हेल्थ/काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा अध्ययन गराउने विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठान तथा अध्ययनसंस्थाहरुमा अध्ययापन गराउने शिक्षकहरुको पदनाम तथा बढुवा प्रक्रियाको मापदण्डमा एकरुपता ल्याउने तयारी गरको छ ।

अहिलेसम्म विश्वविद्यालय, अध्ययन संस्थान तथा प्रतिष्ठानहरुमा फरक फरक मापदण्ड रहेको छ ।कुनै संस्थामा छोटो समयमै बढुवा हुने कुनैमा लामो समय लाग्ने भएपछि काउन्सिलले पदनाम तथा बढुवा प्रकियामा एकरुपता ल्याउन खोजेको हो ।

काउन्सिल प्रवक्ता डा कृष्ण अधिकारीले पदनाम तथा बढुवाका मापदण्डमा एकरुपमता ल्याएपछि कसैलाई पक्षपात नहुने भन्दै यस्तो व्यवस्था गर्न लागेको बताए । ‘चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएम र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मापदण्ड फरक छ, त्यस्तै काठमाडौ युनिभर्सिटी र पाटन स्वास्थ्य विज्ञापन प्रतिष्ठानको मापदण्ड फरक छ । त्यसैले अव यस्तो नहोस भन्नका लागि काउन्सिलले तयारी गरेको छ । विज्ञहरुसहित एक चरणको छलफल पनि गरिसकेका छौँ’ नेपालीहेल्थ संग अधिकारीले भने ।

काउन्सिलले त्रिभुनव विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रि फ्याकल्टी र फ्याकल्टीमा एकरुपता ल्याउन खोजेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *