मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजोको शल्यक्रिया

पत्रिका – मानव अंग प्रत्यारोपण केन्द्रले बुधबार मुलुकमा पहिलोपटक अत्याधुनिक प्रविधिबाट झापाका एक व्यक्तिको आधा बिग्रेको कलेजोको सफल शल्यक्रिया गरेको छ । liver

५८ वर्षीय ती बिरामीमा बायाँ कलेजोको नसा साँघुरिनुका साथै पत्थरीसँगै तरल पदार्थ जमेको थियो । इन्डोस्कोपिक अल्ट्रासाउन्डमा उक्त कलेजोमा क्यान्सर नभएको र शल्यक्रिया गर्न उपयुक्त देखिएको थियो । डा. सुवास आचार्य, डा. महालक्ष्मी देउजा, डा. किरण अधिकारी, डा. ज्योति केसी, डा. सुनील श्रेष्ठ र डा. प्रविन जोशीलगायतको टोलीले उक्त शल्यक्रिया गरेको हो ।

तीन वर्षअघि स्थापित केन्द्र त्यससँगै स्वदेशमै कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्थामा पुगेको छ । कलेजोसहितका अंग प्रत्यारोपणसम्बन्धी संसदमा विचाराधीन विधेयक पारित भएको १/२ महिनाभित्रै प्रत्यारोपण सुरु गर्न सकिने कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

‘विश्वमै सुविधासम्पन्न केन्द्रमा उपलब्ध हुने सबैजसो अत्याधुनिक उपकरणको प्रयोग गरी बिग्रेको आधा भाग फाल्न सफल भयौं,’ वरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठले भने, ‘अब प्रत्यारोपणसम्बन्धी कानुनको पर्खाइमा छ ।’

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *