बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको ‘पार्टटाइम जब’ ग्राण्डी अस्पतालमा

grande

नेपाली हेल्थ /काठमाडौँ – बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालबाट पनि सेवा दिने भएका छन् । उनले हरेक दिन बेलुका साढे ५ बजे पछि ग्राण्डी अस्पतालबाट सेवा प्रदान गर्ने भएका हुन् । अस्पताल प्रशासनले अस्पतालको सेवालाई थप स्तरीय बनाउन डा. कोइरालालाई सहभागी गराएको जनाएको छ ।

गंगालाल हस्पिटल र टिचिङ हस्पिटलका निर्देशक बनिसकेका प्रा.डा. कोइरालाको सेवा पछिल्लो समय महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट मात्रै हुने गर्दथ्यो । टिचिङको निर्देशक हुनु अघि सम्म नर्भिक हस्पिटलमा पार्टटाइम काम गरेका डा. कोइरालाले अर्को निजी हस्पिटलबाट सेवा दिन थालेका हुन् ।

यसैबीच डा. कोइरालाले पनि आफूले ग्राण्डीमा पार्टटाइम जबको रुपमा काम गर्न लागेको बताएका छन् । नेपाली हेल्थसंग कुरा गर्दै उनले भने, ‘पहिले पनि मैले खाली समयमा नर्भिक हस्पिटलमा गएर काम गरेको हुँ । टिचिङ अस्पतालको निर्देशक भएपछि समय दिन नभ्याई छोडेको थिएँ । अब अहिले केही समय खाली छ त्यसको सदुपयोग गर्न ग्राण्डीमा जान लागेको हुँ ।’

लोकप्रिय डाक्टरहरुलाई समेटदै आएको ग्राण्डीले यसअघि बरिष्ठ छातीरोग विशेषज्ञ प्रा.डा. अर्जुन कार्की, मिगौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, डा.प्रेम ज्ञवाली, मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल, बालरोग विशेषज्ञ डा. आरपी चौधरी लगायतका डाक्टरहरुलाई ‘फुलटाइम’ तथा ‘पार्टटाइम जब’ रुपमा राखिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको ‘पार्टटाइम जब’ ग्राण्डी अस्पतालमा

  1. आदर्श मानिएका डा भगवान कोइराला, डा अर्जुन कार्की जस्ता डाक्टर पटक पटक विवादमा तानिएको हस्पिटल ग्राण्डी नै रोजे । त्यसकारण भ्रम मुक्त भए हुन्छ साथीहरु आदर्शवान त हामीले मानेका मात्रै हौँ उनीहरु पनि पैसाकै पछाडी दगुर्ने व्यक्ति हुन् ।

  2. सरकारी डाक्टर निजीमै गए भनेरै सरकारले पेइङ क्लिनिक सुरु गरेको थियो । तर विद्धान डाक्टरहरु निजीमै आकर्षित हुन्छन् । अचम्म छ , ग्राण्डीमा डा कोइरालाको फि कति हो ?

  3. Kasto negative sense ma linchan m
    anche haru…. Aba waha le working hours 8-5 ta teaching lai de kai ho ni…Ali kati extra paisa kamauna ta Jo le je guff hane pani part time job garo halcha ni…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *