बैज्ञानिकहरु भन्छन, ‘विद्युतीय चुरोट( इ-सिगरेट)को सेवनले पनि क्यान्सरको खतरा छ’

e-cigarettes

एजेन्सी- साधारण चुरोट छाडी विद्युतीय चुरोट सेवन गरे क्यान्सर हुदैन भन्ने विद्युतीय चुरोट उत्पादकहरुको धारणालाई बैज्ञानिकहरुले गलत सावित गरिदिएका छन् । उनीहरुले विद्युतीय चुरोट( इ-सिगरेट)ले पनि अन्य साधारण चुरोटले जस्तै क्यान्सरको जोखिम बढाउने दावी गरेका छन् ।

अनुसन्धानमा सहभागी बैज्ञानिकहरुले साधारण चुरोट सेवन गर्ने व्यक्ति र विद्युतीय चुरोट( इ-सिगरेट) सेवन गर्ने व्यक्तिमा हुनसक्ने क्यान्सरको जोखिममा खासै अन्तर नभएको बताउछन् । बैज्ञानिकहरु भन्छन विद्युतीय चुरोटमा राखिएको हानिकारक रसायनले शरीरका कोषहरुलाई क्षति गराउछ जसबाट क्यान्सर लाग्न मद्धत पुग्छ ।

‘भेट्रान्स अफेयर्स सान्डीएगो हेल्थकेयर सिस्टम’का बैज्ञानिकहरुले लोकप्रिय हुदै गरेका केही विद्युतीय चुरोटका ब्राण्डको अनुसन्धान गरेका थिए । उनीहरुको अनुसन्धानले इ चुरोटमा लत बसाल्ने निकोटिन नभएपनि क्यान्सर कोषको बृद्धिलाई जोड दिने रसायनहरु यथावत रहेको देखाएको थियो ।

विश्वका कतिपय देशमा विद्युतीय चुरोटलाई निशेध गरिएको छ तर विश्वका दुई शक्तिशाली राष्ट्रहरु अमेरिका र बेलायतमा यस किसिमका चुरोटलाई बैधानिकता दिइएको छ ।

अनुसन्धानमा सहभागी डाक्टर वाङ रोड्रिक्ज र उनका सहयोगीहरुले विद्युतीय चुरोटको असर हेर्न त्यसमा प्रयोगहुने बस्तुलाई बाफ बनाई त्यसलाई मानव कोषसंग मिलाएका थिए । जब सो बाफ मानव कोषमा मिलाइयो आफसे आफ ती कोषहरु खराव हुदै मर्ने स्थितिमा पुगे ।
डा रोड्रिक्ज भन्छन्, ‘निकोटिनले मानव कोषहरुलाई खराब गर्ने धेरै अध्ययनहरुबाट थाह भइसकेको हो । तर हामीले गरेको यो अध्ययनले चुरोटमा प्रयोग हुने अरु रसायनले पनि कोषिय क्षति गर्छन भन्ने पत्ता लगायौँ ।’ उनी अगाडी थप्छन्, ‘इ-चुरोटमा अरु रसायन हुनुपर्छ जसले कोषिय क्षति गराउछ । हामी निकट भविस्यमा क्यान्सर गराउने रसायन नै कुन रहेछ भनेर भन्न सक्नेछौँ जुन अहिलेसम्म पत्ता नै लागेको थिएन ।’

विद्युतीय चुरोटमा फर्मल डिहाइड हुन्छ जुन क्यान्सर गराउने रसायन हो । कम भोल्टेजमा चुरोट पिउदा फर्मल डिहाइड कम पैदा हुन्छ । जसले बढी भोल्टेजमा पिउछ सो को मात्रा पनि बढी हुन्छ । त्यस्तै अर्को रसायन डाइ एसिटाइल( स्वाद दिलाउने पदार्थ) जसले फोक्सोको रोग लाग्छ ।

अहिले विश्बबजारमा ७ हजार प्रकारका स्वादका करीब ५ सय ब्राण्डका विद्युतीय चुरोट छन् । डा रोड्रिगेज भन्छन् , ‘अहिले हामी यो पत्ता लगायौँ कि विद्युतीय चुरोटहरु स्वास्थ्यका लागि सुरक्षीत छैनन् । यसले क्यान्सर गराउछ तर कति हदसम्म क्षति गराउछ भन्ने कुराको थप अध्ययन गर्न जरुरी छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *