स्वास्थ्यमा खर्च गर्न नसक्ने समस्या कायमै : पहिलो चौमासिक सम्म प्रगति २ प्रतिशत मात्रै

नेपाली हेल्थ / काठमाडौँ –mohp

स्वास्थ्य मन्त्रालयको चालु आर्थिक बर्षको पहिलो चौमासिक प्रगति विवरण निरासा जनक देखिएको छ । कर्मचारीहरुको तलब समेत करीब १५ प्रतिशत खर्च भएको देखिएपनि विकास बजेटको खर्च बिबरण भने २ प्रतिशत भन्दा बढ्न सकेको छैन ।

मन्त्रालयमा आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको पहिलो चौमासिक बैठकमा स्वास्थ्यको उपलव्ध निकै नै निरासाजनक पाइएको हो । स्वास्थ्यमन्त्री रामजनम चौधरीले पहिलो चौमासिक प्रगति विवरण निकै नै निरासा जनक देखिएको भन्दै कर्मचारीहरुलाई युद्धस्तरमा काम गर्न निर्देशन दिए । उनले विगतमा समेत खर्च गर्न नसकेको आरोप लागेकोमा यसपटक झनै कमजोर सुरुवात गरेको भन्दै जुनसुकै हालतमा काम अघि बढाउन निर्देशन दिए ।

समितिका संयोजक एवं अनुगमन महाशाखा प्रमुख डा. गरिबदास ठाकुरले ३६ अर्व बजेटमध्ये कर्मचारीको तलब सहित करीव २ अर्व मात्रै खर्च भएको बताए । उनले करीब १२ अर्व खर्च हुनुपर्ने बेलामा निकै न्युन खर्च भएको बताए ।

डा. ठाकुरका अनुसार सहभागीहरुले भूकम्पपछि मधेस आन्दोलन , नाकाबन्दी जस्ता समस्याले विकास निर्माणको बाताबरण ठप्प हुँदा प्रगति बिबरण कम भएको बैठकमा सहभागीहरुले बताएको जानकारी दिए । उनले भने, ‘अहिलेको असहज परिस्थितिले निर्माण समाग्री पाइएन, टेण्डरहरु समेत जिल्लामा हुन सकेन भन्ने सहभागीहरुले जानकारी गराएका थिए । तर मन्त्री ज्युले यस्ता वहानाले नहुने भन्दै तत्काल काम अघि बढाउन निर्देशन दिनुभयो ।’

मन्त्री चौधरीले प्रगतिमा सुधार गर्न अब हरेक महिना समिक्षा बैठक बोलाएर गतिविधिबार जानकारी गराउन मातहतलाई निर्देशन दिएका थिए । उनले कामको आधारमा कर्मचारीहरुलाई पुरस्कार र दण्डको व्यवस्था गर्न सचिवलाई निर्देशन  दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *