पशुबाट सर्ने बोभिन टीबीको खतरा बढ्दो

cows

नेपाली हेल्थ/ काठमाडौँ-

सामान्यत क्षयरोग (टीबी) मानिसबाट मानिसमा सर्ने रोगका रुपमा चिनिन्छ तर  यो रोग पशुबाट पनि मानिसमा सर्ने गर्छ । पछिल्लो समय पशुबाट मानिसमा सर्ने एक प्रकारको क्षयरोगको प्रकोपले विश्वजगतलाई नै चिन्तित बनाएको छ ।

मानिसहरुलाई क्षयरोग गराउने व्याक्टेरिया जस्तै प्रकृतिको अर्को व्याक्टेरिया माइक्रोव्याक्टेरियम बोमिजले गाई तथा अन्य पशुहरुमा क्षयरोग बनाउछ । जसलाई बोभिन टिवि भनिन्छ । अनुसन्धानकर्ताहरुले बोभिन टीबी खाना तथा संक्रमित पशुबाट सर्ने गरेको बताउछन । उनीहरुका अनुसार टीबी संक्रमित पशुको दुध घिउ जस्ता खाद्य सामग्री प्रयोग गर्ने मानिसलाई यो टीबी लाग्ने गर्छ ।

बैज्ञानिकहरुले पशुमा लाग्ने बोमिज टीबी नियन्त्रण गर्न नसके यसले भयावह अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन् । अध्ययनहरुले बोभिन टीबी अमेरिका तथा मेक्सीकोका सीमा क्षेत्रमा बढी भएको अमेरिकी रोग नियन्त्रण संस्था सीडीसीले जनाएको छ ।

यसअघि डिसेम्बरको पहिलो साता दक्षिण अप्रिकाको केपटाउनमा भएको फोक्सो स्वास्थ्यसम्वन्धी ४६ औ विश्व सम्मेलमा स्कटल्याण्डले बोभिन टीबीको अवस्थाबारे जानकारी गराएको थियो । उसले दिएको जानकारी अनुसार अमेरिकाको हिस्म्यानिक समुदाय यो टीबीबाट बढी ग्रसित छ । स्क्टल्याण्डका अनुसार झण्डै ४४ प्रतिशत हिस्प्यानिकहरु बोभिन टिविबाट ग्रसित छन् ।

स्कटल्याण्डको विवरण अनुसार सन २००६ देखी २०१३ सम्ममा भएका टिवि संक्रमणहरु मध्ये १.५ प्रतिशत वोभिन टिविका संक्रमण हो ।संसारभर हुने क्षयरोगको संक्रमण मध्ये १.४ प्रतिशत बोभिन टिविबाट हुन्छ । सो अनुसार संसारभर हरेक बर्ष १लाख २० हजार मानिस बोभिन टिविबाट संक्रमण हुन्छन् ।

विश्व स्वास्थ्य संगठन डव्लुएचओको अनुसार सन २०१४मा मात्रै करीव ९६ लाख मानिसहरुमा क्षयरोगको संक्रमण भएको अनुमान छ । ती मध्ये करीव १५ लाख मानिसको मृत्यु भएको छ ।

नपकाएको दुध र चिज असुद्ध :

मेक्सिकोमा खाईने ४० प्रतिशत दुध तथा दुधजन्य पदार्थहरु नपकाएरै खाइने अर्थात असुद्ध हुन्छन तर स्वादले गर्दा यो धेरै खाइन्छ ।
बोभिन टीबीको स्रोत संक्रमित पशुहरु मानिन्छन तर कतिपय देशहरुमा यसको क्षतिपूर्ति नपाइने हुनाले किसानहरु बोभिन टिवि को रिपोर्ट गर्दैनन् । सन् २०१२ को सर्भेक्षण अनुसार संसारभरीका करीव ७ प्रतिशत जनावरमा बोभिन टिवि देखिएको थियो ।

नेपाल र भारतको अवस्था :

भारत तथा नेपालमा पनि बोभिन टीबीको संक्रमण पाइए पनि यहाँ दुध उमालेर खाने चलनले गर्दा मानिसहरुमा यो टिभि लाग्ने सम्भावना कम भएको चिकित्सकहरु बताउछन् । तर व्याक्टेरियाहरु जनावरका दिशा पिसावबाट पनि निस्कने हुँदा सरसफाईमा विशेष ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् ।

  • सीएनएनको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *