जोडिएको १२ बर्ष पछि फुट्यो जनसंख्या मन्त्रालय

नेपाली हेल्थ / काठमाडौँ-mohp

स्वास्थ्य मन्त्रालयमा जोडिएको १२ बर्ष पछि जनसंख्या मन्त्रालय फुटेको छ । यसअघि विसं २०६१ सालमा बाताबरण मन्त्रालयबाट फुटाइएको जनसंख्यालाई स्वास्थ्यमा जोडिएको थियो ।

विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयबाट जनसंख्या मन्त्रालय फुटाउने निर्णय गरेको थियो । टुक्रिएको जनसंख्या मन्त्रालयलाई विज्ञान प्रविधि तथा बाताबरण मन्त्रालयबाट टुक्रयाइएको बाताबरण मन्त्रालयसंग मिलाएर नयाँ मन्त्रालयय जनसंख्या तथा बाताबरण मन्त्रालय बनाइएको छ ।

जनसंख्या विज्ञहरुले सरकारसंग जनसंख्या मन्त्रालय छुट्टै चाहिने माग गर्दै आएका थिए । तर सरकारले यतिवेला मन्त्रीहरुलाई भाग पुरयाउन मन्त्रालय फुटाएको हो । अढाई महिना अघि नियुक्त भई विभाग नपाएका मन्त्री विसेन्द्र पासवानलाई जनसंख्या तथा बाताबरण मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *