अर्काको परीक्षा दिने दुई चिकित्सक साधरण धरौटीमा छुटे

नेपाली हेल्थ /काठमाडौँ-Nepal-Medical-Council

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्सको परीक्षामा अर्काको परिक्षा दिने दुई चिकित्सकलाई अदालतले सारधण तारेखमा छाडिदिएको छ । सैनिक अस्पतालमा कार्यरत चिकित्सक डा.सुलिन मण्डल र निरज शर्मालाई अदालतले साधरण तारेखमै छाडिदिएको हो ।

उनीलाई प्रहरीले ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको माग गरी शिक्षा ऐनअुनसार मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायधीश अच्यूत बिष्टले उनीहरुलाई साधरण तारेखमा छाड्ने आदेश दिएका छन् । चिकित्सक लाइसेन्स जस्तो गम्भीर विषयको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई समेत साधरण तारेखमै छाडिएकोमा प्रहरी र मेडिकल काउन्सिलका अधिकारीहरु आश्चर्यमा परेका छन् ।

गत १२ मंसिरमा छाउनीस्थित नेपाल आर्मी प्रतिष्ठानमा भएको लााइसेन्स परीक्षामा सहभागी हुदै गर्दा उनीहरु पक्राउ परेका थिए । त्यसयता उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरी चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पटक पटक फेल भएपछि दुई जनाले आफ्नो प्रबेश पत्रमा डा मण्डल र शर्माको फोटो टाँसेर उनीहरुलाई परीक्षा दिन लगाइएको थियो । लाइसेन्स परिक्षामा ८ पटक फेल भएका नवीन कुमार यादब र १२ पटक फेल भएका सरोज साहको परीक्षा मण्डल र शर्माले दिएका थिए । उनीहरु दुवै जना चीनबाट एमबीबीएस पढेर फर्किएका हुन् ।

मेडिकल काउन्सिलबाट परीक्षा दिएर लाइसेन्स लिएपछि मात्र चिकित्सकका रुपमा काम गर्न पाइन्छ । यादव र साहले पटक पटक फेल भएपछि पैसा दिने आश्वासनमा उनीहरुलाई परीक्षा दिन लगाएका थिए । यसमा ठुलो गिरोहकै संलग्नता रहेको र लाखौंको चलखेल रहेको प्रहरी आशंका छ । चीनबाट पढेर आएका यादब र शर्मा भने फरार छन् ।

पक्राउ परेका गुप्ताको खातामा २७ लाख रुपैयाँ जम्मा गरेको अनुसन्धानमा देखिएको थियो । अहिले यो मुद्धालाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पनि अनुसन्धान अघि बढाएको छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *