स्वास्थ्यमा सरुवा प्रक्रिया जारी : पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्यका प्रमुखलाई मन्त्रालयमा ल्याइयो, अझै केहीको परिर्वतन हुने

jhalak sharma
झलक शर्मा पौडेल

नेपाली हेल्थ /काठमाडौँ –

स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले कर्मचारी सरुवा प्रकृयालाई निरन्तरता दिएका छन् । पछिल्लो चरणमा क्षेत्रीय निर्देशक र अञ्चल अस्पतालका प्रमुखको सरुवा गरेका छन् ।

मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख झलक शर्मा पौडेललाई मन्त्रालय तानिएको छ । शर्माको स्थानमा सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन डा. महेश खनाललाई लगिएको छ ।

त्यस्तै केही दिन अघि मात्रै जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन परिर्वतन गरिएको छ । पहिलेका मेडिकल सुपरीटेण्डेन डा. सञ्जय ठाकुर बीर अस्पताल काठमाडौँ सरुवा भएका छन् । उनको स्थानमा सोही अस्पतालका सिनियर डाक्टर प्रमोदकुमार यादवलाई लगिएको छ ।

यसअघि स्वास्थ्य सेवा विभागका महानिर्देशक, बालस्वास्थ्यमहाशाखाको निर्देशक राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशक परिवर्तन भइसकेका छन् ।

स्रोतका अनुसार मन्त्री चौधरीले केही दिन भित्रै मन्त्रालय र विभागका महत्वपूर्ण महाशाखाको नेतृत्व पनि हेरफेर गर्ने तयारीमा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *