नौ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था युनिसेफले बनाइदिने

Deputy Representative Rownak Khan,UNICEF Nepal and Mahendra prasad shrestha,chief public health Administrator,Ministry of Health and Population shaking hands after signing MOU (For implementing post-earthquake Recovery plan in Nepal's Health sector) at Health Ministry on Wednesday,23 December2015.

नेपाली हेल्थ / काठमाडौँ-

गत १२ बैशाखको भूकम्पमा ध्वस्त भएका मध्ये ९ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बनाई दिने भएको छ । करीव २३ करोड ५० लाख लागतमा उसले बनाईदिन लागेको सबै स्वास्थ्य संस्था भवनहरु फ्रि फ्याव पद्धतीबाट निर्माण हुनेछन् । निर्माणपछि युनिसेफले ती संस्थाका लागि आवश्यक पर्ने उपकरण सहित सरकारलाई हस्तान्तरण गर्नेछ ।

स्वास्थ्य संस्था निर्माण गर्ने विषयमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठ र युनिसेफका तर्फबाट डा रौनक खानबीच समझदारीपत्रमा हस्ताक्षर भयो ।

8c1966d9-508d-496d-84a4-c7c79620172b

आगामी जुन महिनासम्ममा सबै भवनहरु निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको युनिसेफले स्वास्थ्य संस्थाका लागि सबै फ्रिफ्याव सामग्री चीनबाट ल्याउने तयारी भएको जनाएको छ ।

युनिसेफका सञ्चारअधिकृत सरमिना मानन्धरका अनुसार गोर्खामा १२, धादिङमा ७, नुवाकोटमा ४, ललितपुरमा २, काभ्रेमा १० वटा स्वास्थ्य संस्था बन्ने छन् । त्यसैगरी दोलखामा ११, रामेछापमा १३, सोलुखुम्बुमा ९ र ओखलढुङ्गामा ६ वटा संस्था निर्माण हुनेछन् ।

युनिसेफका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा  १ हजार २ सय भन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको छ । त्यसमध्ये करीव ८० प्रतिशत संस्था पूर्णरुमपा क्षति पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *