यस्तो बनाउदै छ जाइकाले बीर अस्पताल

birनेपाली हेल्थ/ काठमाडौँ-

गत १२ बैशाखको भूकम्पले चर्केको बीर अस्पतालको नयाँ आईसियु भवन भएको ठाँउमा जापानी सहयोग नियोग जाइका अत्याधुनिक भवन बनाइदिने भएको छ । तीन तले भवन जापानी प्रविधिबाट बन्ने भएको हो ।

आगामी बैशाख जेठ देखी निर्माण सुरु भई १४ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो भवनमा ९४ बेड रहने छ । निर्माण पछि बेड तथा उपकरणहरु समेत जाइकाले सहयोग गर्ने छ ।

अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितले आगामी साताबाट नयाँ आइसियु भवन भत्काउने तयारी भएको बताए । उनले स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहयोगमा क्षतिग्रस्त भवन भत्काउने तयारी भएको बताए । भवन भत्काएर खाली भएको जग्गामा जाइकाले तीन तले भवन बनाइदिने हो ।

निर्देशक डा पण्डितले नयाँ भवनमा भवनमा मुटु, मृगौला र पेट रोग विभागहरु बताए । त्यस्तै अप्रेसन थियटर, आईसियु, भेन्टीलेटर, हेमो डाइलासिस लगायतका सेवाहरु पनि सो भवनमै राख्ने तयारी भएको जानकारी दिए । उनले भवन बनाईसकेपछि ती भवनमा रहने विभागका लागि चाहिने बेड तथा उपकरणहरु समेत जाइकाले उपलव्ध गराउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *