बालकुमारीबाट रगत वितरण सुरु, शुक्रबारसम्म भृकुटीमण्डपबाट पनि रगत वितरण हुने

IMG_20151221_141442

नेपाली हेल्थ /काठमाडौँ-

बालकुमारीमा रहेको आकस्मिक रक्तसञ्चार सेवा भवन (इमरजेन्सी व्लडबैंक)बाट रगत वितरण सुरु भएको छ । भृकुटीमण्डपमा रहेको केन्द्रीय रक्तसंचार सेवा केन्द्र ( व्लडबैंक ) बालकुमारीमा सरेपछि सोमबार देखी बालकुमारीको व्लडबैंकबाट सेवा सुरु भएको हो । यद्धपी शुक्रबारसम्म भृकुटीमण्डपबाट पनि रगत संकलन र वितरण हुने केन्द्रले जनाएको छ ।

ब्रिटिस रेडक्रसको तीन करोड आर्थिक सहयोगमा निर्माण भएको बालकुमारीको आकस्मिक रक्तसञ्चार सेवा भवनबाट सोमबार रक्तवितरण सुरु भएको छ । गत ५ बैशाख देखी सो भवन सञ्चालनमा आएपनि रगत वितरण भएको थिएन । सो भवन भण्डारणको रुपमा मात्रै प्रयोग हुँदै आएको थियो ।

सोमबार रगत वितरणको सुरुवात गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भृकुटीमण्डपको सबै सेवा बालकुमारीबाट दिन लागेको बताए । उनले आवश्यकताको आधारमा रगत वितरण गर्ने स्थान थप गर्न सकिने बताए ।

व्लडबैकका सिनियर व्लडबैंक अफिसर डा प्रकाशकुमार यादवले केही दिन भृकुटीमण्डपबाट पनि सेवा दिइने भएपनि केन्द्रका सबैकाम बालकुमारीबाट सुरु भएको बताए । उनले हृदयरोग प्रतिष्ठान पुल्चोकबाट पनि रगत वितरणको व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।

भृकुटीमण्डपको क्षतिपुगेको भवन भत्काई अत्याधुनिक भवन बनाउन थाइ रेडक्रसले २० करोड रुपैया सहयोग गरेको छ । व्लडबैक सरेपछि तत्काल भवन भत्काई निर्माणकार्य सुरु हुने जनाइएको छ । केन्द्रका लेखा अधिकृत इश्वरी पन्तका अनुसार भवन निर्माण कार्य पुरा हुन करीव अढाई बर्ष लाग्ने अनुमान छ ।

बालकुमारीको ब्लडबैंकमा यसरी पुग्न सकिन्छ :

location-map

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *