कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिषण आगलागी, १० करोड बढीको क्षति

नेपालीहेल्थ /जुम्ला-

खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आगलागी हुँदा करीब १० करोड बराबरको भौतिक क्षति पुगेको छ । शनिबार विहान करीब २ बजे देखी अस्पतालको ओपिडी भवनबाट आगलागी भएको थियो ।

अस्पतालका अनुसार आगलागीबाट प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, डेन्टल इन्डोस्कपी, फार्मेसीमा पूर्ण क्षति भएको छ । अन्तरंग भवन समेत जलेर नष्ट भएको छ ।

अस्पतालका निर्देशक डा जाबेद अहमद खानका अनुसार करीव चार करोड रुपैया बराबरको उपकरणहरु क्षति पुगेपनि भवनको क्षति समेत जोडदा १० करोड पुगेको बताए । उनले आगलागीको कारण भने थाह हुन नसकेको बताए ।

आगलागी भएपछि प्रहरी सेना स्थानीयका साथै नगरपालिकाको दमकलको सहायताले करीव साढे ५ बजे आगो नियन्त्रणमा लिइएको प्रशासनले जनाएको ।

आगलागीपछि उपचाररत करीव २ दर्जन विरामीको विचल्ली भएको छ । उनीहरु विहान देखी चौरमा बस्न बाध्य भएका छन् । जुम्लामा तापक्रम माइनसमा झरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *