अब बीडीएस अध्ययनका लागि विदेश जानेले पनि ‘साढे चार प्लस एक’ बर्षकै कोर्ष गर्नुपर्ने

नेपाली हेल्थ/ काठमाडौँ-

Nepal-Medical-Council

नेपाल मेडिकल काउन्सिलले विदेश गई अध्ययन गर्ने चार बर्षे व्याचलर अफ डेन्टल सर्जरी (बीडीएस) कोर्षलाई मान्यता नदिने भएको छ । काउन्सिलले अब देखी कम्तीमा साढे चार बर्षको कोर्ष तथा एक बर्ष प्रयोगात्मक अभ्यास वाला कोर्षलाई मात्रै अध्ययन अनुमति दिने निर्णय गरेको छ ।

यो निर्णयसंगै स्वदेशका मेडिकल कलेज र विदेशका मेडिकल कलेजको कोर्ष समान देखिने भएको छ । अहिलेसम्म नेपालमा अध्ययन गर्नेले साढे चार बर्षको कोर्ष र एक बर्ष प्रयोगात्मक अभ्यास गर्नुपर्ने तर विदेशका कतिपय कलेजहरुमा चार बर्ष र एक बर्ष अध्ययन गरे पुग्ने व्यवस्था थियो ।

काउन्सिल प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले स्वदेशमा बढी र विदेशमा कम समय अध्ययन गरे पुग्ने अवस्थाको अन्त्य गर्न यस्तो व्यवस्था लागू भएको बताए । उनले अव विदेश अध्ययन गर्न जान चाहनेले चार प्लस एक बर्षे कोर्ष होइन साढे चार प्लस एक बर्षे कोर्षनै रोज्नुपर्ने बताए ।

विदेश अध्ययन गर्न जानुअघि नेपाली विद्यार्थीले काउन्सिलसंग अनुमति लिनुपर्छ । काउन्सिलले साडे चार प्लस एक बर्षे व्यवस्था गरेपछि बंगलादेश र भारतका कतिपय कलेजमा बीडीएस अध्ययन गर्न जान चाहनेका लागि समस्या पैदा हुने देखिएको छ । बंगलादेशमा र भारतका कतिपय डेन्टल कलेजमा चार प्लस एक बर्षे कोर्षको अध्ययन गराइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *