स्वास्थ्य मन्त्रालयमा  ४ बजेपछि  दैनिक समिक्षा बैठक

नेपाली हेल्थ /काठमाडौँ –

mohp

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दैनिक समिक्षा बैठक बस्न थालेको छ । मन्त्रालयले दिनभर भएका काम र भोलीपल्ट गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न समिक्षा बैठक राख्न थालेको हो ।

गत सोमबारबाट सुरु भएको यस्तो बैठक हरेक दिन दिउसो ४ बजे पछि बस्ने गरेको छ । बैठकमा स्वास्थ्यमन्त्री,  राज्यमन्त्री, सचिव, विभागहरुका महानिर्देशकहरु, मन्त्रालय तथा विभागका महाशाखा प्रमुखहरु रहने व्यवस्था मिलाइएको छ । तर हरेक दिन सबैलाई अनिवार्य उपस्थिति हुनुपर्ने भने गरिएको छैन ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले दिनभरको कामको समिक्षा गर्न तथा भोली गर्नुपर्ने कामबारे अग्रिम छलफल गर्न दैनिक समिक्षा बैठकको आयोजना गर्न थालिएको जानकारी दिए । उनले सबै प्रमुखहरु सधै उपत्यकामा उपलव्ध नहुने तथा सो समयमा कहिलेकाही महत्वपूर्ण मिटिङ समेत पर्ने भएकोले बैठकमा अनिवार्य उपस्थिति भने नराखिएको बताए । ‘मन्त्रीज्युहरु म आफै र हाम्रा सबै सिनियर अफिसरहरु बस्नुहुन्छ । जो यहाँ उपलव्ध हुनुहुन्छ । अन्यत्र मिटिङ, फिल्ड वा विदेश जानुपर्ने व्यक्तिलाई बैठकमा उपस्थिति अनिवार्य छैन’ श्रेष्ठले बताए ।

सचिव श्रेष्ठले मन्त्री र कर्मचारी नेतृत्वबीच दैनिक रुपमा एक ठाँउमा बसेर कामको समिक्षा गरेमा कार्यप्रगतिमा सुधार आउने अपेक्षा रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *