प्रेमसागरले गरे १४४औं पटक रक्तदान

SDC15604

नेपाली हेल्थ /दाङ – नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने प्रेम सागर कर्माचार्यले पुन नयाँ रेकर्ड बनाएका छन् । उनले मंगलबार १४४ औँ पटक रक्तदान गरी नयाँ रेकर्ड बनाएका हुन् । हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका कर्माचार्य एक दशक अघि देखी नै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिमा पर्दै आएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले पछिल्लो मंगलबार समाजको दाङ जिल्ला शाखाले घोराहीमा आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका हुन् ।

रक्तदान पछि सञ्चारकर्मीसंग कुरा गर्दै कर्माचार्यले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र रगतको सहज आपूर्ति होस भन्ने उद्देश्यले नियमित रक्तदान गर्दै आएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *