काठमाडौँमा स्वाइनफ्लु भनिने ‘एच१एन१’ भाइरस फेरी देखा परयो, सात जनामा संक्रमण

नेपाली हेल्थ /काठमाडौँ – swinflu j

जाडोको मौसम बढेसंगै उपत्यकामा यसपटक पनि स्वाइनफ्लु भनिने ‘इन्फुलेन्जा ए, एच१एन१’ भाइरस देखा परेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हालसम्म ७ जनामा एच१ एन१ पोजेटिभ देखिएको छ ।

प्रयोगशालाका निर्देशक डा . गीता शाक्यका अनुसार काठमाडौँको सानो भर्याङको २ जना, मनमैजुका २ जना, रातोपुलका १ जना र कलंकीको २ जनामा एच१ एन१ भाइरस देखा परेको हो । डा. शाक्यका अनुसार बुद्धनगरका एक व्यक्तिमा एच१ एच ३ देखा परेको छ ।

टेकुस्थित प्रयोगशालामा दैनिक रुपमा संकास्पद १०- १२ जनाको दैनिक रुपमा एच१एन१ परीक्षण हुने गरेको छ । ‘दैनिक रुपमा ६-७ वटा केस यहि आउने गरेको छ । केही कान्तिबाल अस्पतालबाट आउने गरेको छ ‘ निर्देशक शाक्यले बताइन ।

विश्व स्वास्थ्य संगठन डव्लुएचओले एच१एन१ भाइरसलाई मौसमी रुघाखोकीको रुपमा राखिसकेको छ । सन २००९ बाटै यसलाई साधारण रुघाखोकीको रुपमा लिने गरेको हो ।तर नेपालमा अघिल्ला बर्ष केही व्यक्तिको ज्यान लिएको समाचार प्रकाशित भएपछि सर्वसाधारणले अहिले पनि डरलाग्दो रोगकै रुपमा हेर्ने गरेका छन् ।

चिकित्सकहरुलेरुघा खोकी लागेको व्यक्तिले मास्कको प्रयोग गर्न , भिडभाडमा नजान , तथा रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिहरु अलि सर्तक रहन सल्लाह दिने गरका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *