मृत शरीरमा आँखाको सल्यक्रिया अभ्यास

नेपालीहेल्थ / काठमाडौँ –download

नेपाल मेडिकल कलेजमा राखिएको मृत शरीरमा १० जना चिकित्सकले आँखाको सल्यक्रिया अभ्यास गरेका छन् । उनीहरुले आँखाको आसु बग्ने नलि बन्द भई पिप बगिरहने समस्याको समाधान गर्ने अत्याधुनिक इन्डोस्कोपी प्रविधिबाट सल्यक्रियाको अभ्यास गरेका हुन् ।

आँखाको प्लाष्टिक शल्यक्रियामा भएका नयाँ प्रविधिको बारेमा जानकारी दिन नेप्लिज सोसाइटी फर अकुलोप्लाष्टिक सर्जनस् , तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीको संयूक्त आयोजनामा शनिबार र आइतबार क्याडाभर डिसेक्सन र्कोष फर इन्डोस्कोपी डि सि आर ९मृत शरिरमा शल्यक्रियाको अभ्यास गरिने कोर्ष) कार्यशाला गोष्टी भएको थियो ।

स्वदेशी तथा विदेश विशेषज्ञ तथा नेत्र विशेषज्ञर आवासिय नेत्र चिकित्सक गरी करीव ६० जना सहभागी रहेको उक्त कार्याशालाको दोस्रो दिन मृतशरीरमा सल्यक्रिया अभ्यास गरिएको थियो ।

कार्यशालामा नेपालबाट डा रोहित सैँजुले र थाइल्याण्डबाट डा नतावट वानुम्क्राङ्ग सहित ४ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमा आँखामा आसु आइरहने समस्या धेरै जसो महिलालाई हुने देखिन्छ । यद्धपी जन्मजात शीशु तथा जुनसुकै उमेरका मानिहरुमा पनि यस्तो समस्या हुने गरेको चिकित्सक अकुलोप्लाष्टिक सर्जन डा सैजु बताउछन ।

तिलगंगा आँखा प्रतिष्ठानले भने सन् २००८ देखी यसप्रकारको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *