पोषणका लागि ‘फर्सीको खीर’

pumpkin

महेन्द्रनगर – आमा र बच्चाको पोषणका लागि कञ्चनपुरका महिलालाई ‘फर्सीको खीर’ खुवाइएको छ ।कञ्चनपुरको महाकालीपारि दोधारा–चाँदनी ग्रामीण क्षेत्रका हजार दिनभित्रका आमा र बच्चालाई पोषणका लागि फर्सीको खीर खुवाइएको हो । सुआहारा कञ्चनपुरले २ वर्षमुनिका बच्चा र सुत्केरी आमाको स्वास्थ्य सुधारका लागि भन्दै घरमै भएको फर्सीको परिकार पकाएर खुवाएको सुआहारा मंगलबार कञ्चनपुरका पोषण अधिकृत वीर बोहराले जानकारी दिए ।

उनका अनुसार आमा र बच्चाको स्वास्थ्य सुधारका लागि घरमै उत्पादन गएको गेडागुडीको धुलो, दुध, अन्डा, हरियो सागपातमा पहेलो फर्सी मिसाएर फर्सीको खीर बनाउनेसमेत सिकाइएको छ । आधुनिकतासँगै सुत्केरी आमा र शिशुलाई बजारमा पाइने वस्तुहरू खान दिने गरेकाले आमा र बच्चाको स्वास्थ्यमा समेत असर परेको भन्दै सुआहाराले स्थानीय स्तरमै उत्पादन भएका वस्तुहरूको परिकार निर्माण गरेर खुवाउने गरेको छ ।

पोषण अधिकृत बोहराले ग्रामीण भेगका स्थानीयमा जनचेतनाको अभावका कारण घरमै भएका वस्तुहरू खेर फाल्ने गरेको बताए । एक पटक आफूले स्वास्थ्य स्वयंसेविकामार्फत आमाहरूलाई पोषणबारे जानकारी गराउनुका साथै प्रत्यक्ष रूपमा पकाएर खुवाउने र पछि आमाहरूले घरमै यस्तो गनुपर्ने उनको भनाइ छ । सो क्षेत्रका स्थानीय महिलाहरूले फर्सीबाट खिर बन्ने पहिलो पटक थाहा पाएको बताएका छन् ।

दोधाराकी नर्मा थापाले घरमा उत्पादन भएको पहेंलो फर्सीलाई न्यून मूल्यमा बिक्री गर्ने गरेको बताइन् । ‘फर्सीमा पौस्टिक तत्व पाइन्छ, यसबाट खीर पनि बन्छ भन्ने थाहै थिएन,’ उनले भनिन्, ‘अब फर्सीको महत्वबारे  थाहा पाइयो ।’ हरियो फर्सीको तरकारी खाने र पाकेको फर्सी बिक्री गर्ने गरेका सो क्षेत्रमा महिला अब पाकेको पहेंलो पर्सीको खिर खाने बताएका छन् । यस्तै सुआहाराले दोधारा–चाँदनी ९ की रूपा सार्कीलाई उपहारसमेत प्रदान गरेका छन् ।

६ महिनाअघि बच्चा जन्माएकी रूपालाई उपहारस्वरूप विभिन्न पोषणयुक्त खाने परिकारसमेत प्रदान गरिएको छ । रूपाको ६ महिनाको छोरा राहुल सार्की र रूपाको स्वास्थ्य सुधारका लागि भन्दै उनलाई उपहारस्वरूप विभिन्न पोषणयुक्त परिकार प्रदान गरिएको छ । पोषण अधिकृत बोहराले महिला गर्भवती भएको चार महिना, सुत्केरी भएको तिन दिन र बच्चा जन्मेको ६ महिनामा प्रमाण पत्रका साथै उपहार दिने गरेका छन् । पोषण अधिकृत बोहराले कञ्चनपुर जिल्लाभरका १ सय ५० वडामा कार्यक्रम सञ्चालन गरिएको छ ।

  • आजको राजधानी दैनिकमा सुरेश पन्तको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *