चिसो बढ्दा स्वस्थ रहन अपनाउनुपर्ने सतर्कता

नेपाली हेल्थ –Winter-Safety-Some-Ways-To-Protect-Yourself-From-Cold-Weather

झयाल ढोका पुरै थुनेर कोठा नतताँउ :

गतवर्ष नगरकोटको एक होटलमा दुई जना चिनिया पर्यटकको मृत्यु भएको थियो । पछि प्रहरी अनुसन्धानले थाह भयो । ती पर्यटकहरु चिसोबाट बच्न झयाल ढोका थुनेर ग्यास हिटर बाली सुतेका थिए । भेन्टीलेसन नै नराखी त्यसरी सुत्दा कोठामा अक्सिजनको कमी भयो र उनीहरुको मृत्यु भयो । यस्तै समस्या गा“उघर तथा विदेशमा समेत हुने गरेको छ । गाँउमा कोइला बाली कोठा थुन्ने र विदेश तिर हिटर बाली कोठा थुन्ने गर्दा यसरी धेरैले ज्यान गुमाएको खबर सुनेका छौँ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले हरेक वर्ष चिसो मौसममा घर तथा कोठामा तताउने क्रममा झयाल डोका लगाउदा अनाहकमा ज्यान गुमाउनेको संख्या अहिले पनि उत्तिकै भएको जनाएको छ । महाशाखाका निर्देशक डा बाबुराम मरासिनी भन्छन्, अज्ञानबस हुने यस्ता घटना नेपालका गाँउ शहरमा मात्रै नभई विदेशमा गएका नेपालीहरुमा समेत पर्ने गरेको छ ।

कसरी हुन्छ यस्तो समस्या ?

खासमा आगो बल्नका लागि अक्सिजन नभई हुदैन । तर यदि झ्याल ढोका थुनियो भने अक्सिजन आउने माध्यम नै हुदैन कुनै चरबाट आयो भने पनि सो अक्सिजनलाई आगोले वा तापले खाइदिन्छ । आगो बल्ने क्रममा त्यसले कार्वनमोनो अक्साइड / कार्वनडाइ अक्साइड ग्यास छाडने गर्छ । अव अक्सिजन चाहिने ठाँउमा कार्वनमोनो अक्साइड ग्यास भरिन्छ मानिसको स्वासप्रस्वास प्रकृया नै अवरुद्ध हुन्छ । त्यसपछि मानिस तत्कालै अचेत हुदै मृत्युको शिकार हुनसक्छ । त्यसैले जाडोमा कोठा तताउने बहानामा झयाल ढोका पुरै बन्द गर्नु हुदैन । आगो ताप्दा वा हिटर बाल्दा हावा छिर्ने भेन्टिलेसन राख्नै पर्छ ।

केटा केटी र बुढाबुढी जोगिऔ

चिसो मौसमको बढी असर खासगरी केटाकेटी र बुढाबुढीलाई देखिन्छ । ती उमेर समुहका मानिसको रोग प्रतिरोधात्मक क्षमता कमी हुँनाले चिसो मौसममा यस्तो असर देखिने भएको हो ।बरिष्ट छातीरोग विशेषज्ञ डा अर्जुन कार्की भन्छन, ‘शरीरलाई चाहिने तापक्रम नियन्त्रण गर्न मस्तिस्कको भित्री भागमा तापक्रम नियन्त्रण केन्द्र हुन्छ । जसले बाहिरी बाताबरणको तापक्रम अनुसार भित्र व्यवस्थापन गरेको हुन्छ ।’ उनले बाहिरी बाताबरण भएको बेला छालाको भित्री भागमा रहेको रगतको नसा खुम्च्याउने र गर्मीका बेला नसा फैलाउने गर्छ । त्यसले पनि तामक्रम व्यवस्थापन नमिले मस्तिस्कको केन्द्रले शरीरमा कम्पन पैदा गरी आवश्यक तापक्रम मिलाउने गर्छ । कामेको बेला शरीरमा रहेको शक्ति खर्च हुन्छ तर त्यसले ताप पैदा गर्छ । त्यसैले जाडोका बेला छालामा काँडा उठ्ने , जीउ कमाउने पनि तापक्रम मिलाउन भएको प्रकृया हो । तर बुढा बुढी र केटा केटी उमेरका व्यक्तिमा मस्तिस्कको ताप नियन्त्रण केन्द्रले पूर्ण रुपमा काम गर्दैन । किनकी उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि कमी हुन्छ । अझ बुढाबुढी भएपछि शरीरका कतिपय जनन्द्रीयले समेत काम नगर्ने हुँदा यसको असर बढी देखिन्छ ।

दम , मुटु र उच्चरक्तचापका बिरामी होसियार

चिसोमा दमका रोगीहरु बढी देखिन्छन । डा. कार्की भन्छन, ‘दमका रोगीलाई बाहिरी मौसम १५ डिग्री सेल्सीयस भन्दा कम भयो कि त्यसले स्वासप्रसावमा असर पारि हाल्छ । त्यसैले चिसोमा दमका रोगीहरु होसियार हुनु जरुरी छ । त्यस्तै जाडोको बेला छाला भन्दा मुनिका रक्तनली तथा मांसपेशीहरु खुम्चिने गर्दा त्यसले प्रयाप्त मात्रामा रक्तसञ्चार हँुदैन । जव रक्तसञ्चार प्रयाप्त हुँदैन त्यसले मुटु र उच्चरक्तचापका विरामीहरुलाई गाह्रो पर्छ । यस्तै बेलामा बढी रगत समेत बाक्लो हुने हुँदा त्यसले मस्तिस्कघात समेत हुनसक्छ ।

जोगिनका लागि के गर्ने ?

उपाय धेरै छन् , सबैभन्दा पहिले चिसोबाट जोगिने । त्यसका लागि न्यानो लुगा लगाउने, मोटरसाइकल चडने मानिसले छातीमा, घुडामा चेष्टगार्ड तथा निकगार्ड लगाउने । किनकी चिसोले छाती र खुट्टाका जोर्नीहरुमा छिटो संक्रमण फैलाउछ । घरमा सुत्दा न्यानो कपडा ओडने, तर कोठा तताउने नाममा भ्याल ढोका थुनेर नबस्ने । तातो पानी खाने , झोल पदार्थ पनि खाने, तर रक्सी र चुरोटको सेवन नगर्ने । केटाकेटी र बुढाबुढीलाई चिसो बढेका बेला घरभित्रै न्यानोसंग बस्न सचेत गराउने । प्रेसरका विरामीहरुलाई मर्निङवार्कमा निस्कदा पनि बढी चिसोमा नहिडने , पहिले जीउ तताएर मात्रै विस्तारै हिडने वा दौडने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *