औषधि ढुवानीका लागि पनि इन्धन बाधक

नेपालीहेल्थ /काठमाडौँ –Nepal_aid_from_CHi_3281888b-300x187

स्वास्थ्य मन्त्रालयले औषधि ढुवानी गर्न अझै पनि इन्धन अभाव भएको जनाएको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि औषधि ढुवानी गर्न चाहिने इन्धन आवश्यक मात्रामा नपाउँदा आफूसंग भएको औषधि पनि अभाव भएको ठाँउमा पुरयाउन नसकेको जनाएको छ ।

भारतीय नाकाबन्दीले देशभर इन्धन अभाव भएपछि स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले तीन ट्रक औषधि मात्रै उपत्यका बाहिर पठाएको छ । महाशाखाले विराटनगर, नेपालगञ्ज र धनगडीमा रहेको क्षेत्रीय गोदाममा एक एक ट्रक औषधि पठाएको जनाएको छ । ‘हामीसंग औषधि त छ तर पठाउनका लागि प्रयाप्त इन्धन पाएका छैनौँ , तराईमा सुरक्षाको पनि अर्को समस्या भएको छ’ महाशाखाका निर्देशक डा. भीम टिंकरीले भने ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले उपत्यका बाहिर औषधि पठाउन र उपत्यका भित्रै औषधि ढुवानी गर्न पनि प्रयाप्त इन्धन नभएको बताए । उनले भने , ‘दिन त दिएको छ तर त्यो एकदमै कम छ । यसले निर्भाह गर्न निकै गाह्रो हुन्छ ।’

नेपालका औषधि व्यावसायी तथा सप्लायर्सले पनि औषधि आफूसंग भएको तर इन्धन र सुरक्षा अभाव हुँदा गोदामको औषधि अन्यन्त्र लैजान नसकिएको जनाउदै आएका छन् । उनीहरुले औषधि वितरणका लागि आपूर्ति व्यवस्था मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर इन्धन वितरण गर्नुपर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *