स्वास्थ्य संस्था पुर्नस्थापनाका लागि दाताले दिए तीन अर्व (कसले कति दिए रकम सहित )

नेपालीहेल्थ / काठमाडौँ-

Picture1

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका स्वास्थ्य संरचना बनाउन स्वदेशी तथा विदेशी संस्थाले ३ अर्ब बढी सहयोग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ३० वटा संस्थासंग ३ अर्ब बढीको सम्झौता भएको बताएको छ ।

ती संस्थाले भत्केका स्वास्थ्य संस्थालाई अस्थायी रुपमा पुर्ननिर्माण गरी स्वास्थ्य सेवालाई निरन्तरता दिन सहयोग पुरयाउने बताएका छन् । कतिपयले भने सम्झौता अनुसार काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेका छन् ।

भूकम्प लगत्तै राष्ट्रिय योजना आयोगले गठन गरेको ‘पोष्ट्र डिजास्ट्रर निड एसिस्मेन्ट(पीडीएनए)’ले दिएको प्रतिवेदन अनुसार गत बैशाखमा भूकम्प भूकम्पले करीव ३ सय स्वास्थ्य संस्था पूर्णरुपमा ध्वस्त भएको छ । अति प्रभावित १४ जिल्लामा रहेका ७६९ वटा स्वास्थ्य संस्था मध्ये २४७ वटा आंशिक क्षतिग्रस्त रहेको छ । बाकी २२२ वटामा भने क्षति नपुगेको बताएको थियो ।

मन्त्रालयसंग ती संस्थाले भत्किएका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा विस्तार गर्नका लागि प्रिफयाव मोडलका अस्थायी भवन बनाउने, उपचारका लागि आवश्यक उपकरण सहयोग गरिदिने लगायतका सम्झौता गरेको थियो । सोही अनुसार काम भएको छ , मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘कतिपयले त काम पुरा गरी हामीलाई हस्तान्तरण समेत गरिसकेका छन् ।’

पुर्ननिर्माणका लागि कुन संस्थाले कति रकम ?


१ जीआईजेड –     ३३ करोड ५० लाख ६१ हजार ५४७
२ अमेरिका नेपाल मेडिकल फाउन्डेसन-        ४ करोड
३ करुणा फाउन्डेसन नेपाल –        ४ करोड
४ इन्टरनेशनल मेडिकल क्रोप्स –      १० करोड
५ एमएसफ बेल्जियम –        ४ करोड १० लाख
६ न्याय हेल्थ नेपाल-        ७ करोड
७ एमडीएम स्पेन-      ३ करोड ५० लाख ४१ हजार ५ सय
८ तेरे देश होम्स फाउन्डेसन –      १ करोड ९३ लाख १४ हजार ३ सय
९ न्यूरो फाउन्डेसन नेपाल-       १ करोड
१० डक्टर्स फर यु इन्डिया-     १ करोड १० लाख ८ हजार १ सय
११ नेदरल्यान्डस लेप्रोसी रिलिफ –       ४० लाख
१२ अस्ट ज अभियान –       ५५ लाख ६० हजार
१३ सेभ द चिल्ड्रेन-        २४ लाख ६६ हजार २८७
१४ वन हार्ट वल्र्डवाइड –       ७ करोड २५ लाख ८ सय
१५ शुभअवसर ग्राम नेपाल-         १ करोड २६ लाख ९७ हजार ५ सय
१६ निक साइमन्स इन्टीच्युट –         २५ लाख
१७ मिडवाइ फ्री सोसाइटी अफ नेपाल –        ४९ लाख
१८ सोसियल वेलफेयर एसोसियसन अफ नेपाल-       १करोड २८ लाख २४ हजार २५६
१९ असल छिमेकी नेपाल-       ४८ लाख ५० हजार
२० नेपाल रेडक्रस सोसाइटी जापनीज रेडक्रस –       १३ करोड
२१ एमडीएम फ्रान्स –       १९ करोड ४१ लाख ९३ हजार ७८८
२२ प्रोजेक्ट होप-        ९१ करोड २१ लाख ६८ हजार ९७३
२३ सोसियल एक्सन भोलेन्टियर्स नेपाल –       १० लाख ९० हजार ३१३
२४ वल्र्ड भिजन इन्टरनेशनल-        ४ करोड ९० लाख
२५ रुलर कम्युनिटी डेभलपमेन्ट सर्भिस काउन्सिल –         ३२ लाख ५३ हजार ८९५
२६ टीपीओ नेपाल-        ५ करोड ९२ लाख ५७ हजार
२७ अन्तराष्ट्रिय आप्रबासी संगठन(आइओएम) –        ३ करोड ४४ लाख ५७ हजार ७६५
२८ मोरङ अटो वर्कस –          १२ लाख ९५ हजार ९९८
२९ डाइरेक्ट रिलिफ-           ८२ करोड २३ लाख २९ हजार १ सय
३० तीलगंगा आँखा केन्द्र-         ६० लाख

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *