२० जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

IMG_20151205_135620
सम्मानित  स्वयंसेविकाहरुले सामुहिक फोटो खिचाउदै

नेपाली हेल्थ / काठमाडौँ –

मातृशिशु कार्यक्रममा उल्लेखनीय काम गर्ने उपत्यकाका २० जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । बाह्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शनिबार टेकुमा आयोजित विशेष समारोहमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले स्वयंसेविकाहरुलाई सम्मान गरेका हुन् । स्वयंसेविकाहरुलाई नगद र पछ्यौरी ओडाई सम्मान गरिएको थियो ।

देशभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले आ आफ्नो वडामा परिवार नियोजन, मातृस्वास्थ्य, नवशिशु, बालस्वास्थ्य समस्याहरुको रुपमा रहेको झाडा पखला तथा श्वासप्रश्वास रोग नियन्त्रण गर्न मद्धत पुरयाएका हुन्छन् । त्यस्तै परिबार नियोजनका साधनरु कण्डम पिल्स चक्की वितरण गर्ने काममा पनि उनीहरु खटिएका हुन्छन ।

सरकारले निशुल्क वितरण गर्ने भिटामिन ए क्याप्सुल, जुकाको औषधि , पोलियो, हात्तिपाइले लगायतका खोप तथा औषधि सेवनकार्यक्रममा पनि उनीहरुको संक्रिय सहभागिता हुने गरेको छ ।

भूकम्पमा मृत्यु भएका स्वयंसेविकाका परिबारलाई ३० हजार

गत बैशाखमा आएको विनासकारी भूकम्पमा परी ज्यान गुमाएका १५ जना महिला स्वास्थ्य स्वयंसेविकाका परिबारलाई जेएसआई नामक संस्थाले प्रतिपरिबार ३० हजार रुपैयाका दरले राहत रकम उपलव्ध गराएको छ । स्वयंसेविका दिवसकै अवसर पारी शनिबार नै सो रकम पिडीत परिबारलाई उपलव्ध गराइएको छ । भूकम्पमा परी काठमाडौका २ जना, नुवाकोटका १ जना, सिन्धुपाल्चोकका ७ जना, काभ्रेको १ जना र रसुवाका ४ जना महिला स्वास्थ्य स्वयंसेविकाको ज्यान गएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *