‘फास्टट्रयाक’ प्रक्रियाबाट २० करोडको औषधि किन्दै सरकार

medicines-l

नेपाली हेल्थ/काठमाडौँ –

भारतीय नाकाबन्दी र मधेशीमोर्चाको आन्दोनलका कारण देशभर औषधिको अभाव भएपछि सरकारले  ‘फास्टट्रयाक’ प्रक्रियाबाट करीब २० करोड मूल्य बराबरको औषधि खरीद गर्ने निर्णय गरेको छ ।  यो औषधिले तीन महिनासम्म पुग्ने सरकारको अनुमान छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकबाट  सो निर्णय गरको हो । बिहीबारको बैठकटमा स्वास्थ्यमन्त्री रामजनम चौधरी, राज्यमन्त्री महमद मुस्ताक आलम, सचिव शान्तबहादुर श्रेष्ठ सहभागी थिए । त्यसैगरी केन्द्रीय अस्पतालका निर्देशकहरुको सहभागिता थियो । बैठकले तीन महिनासम्ममा संकट हल हुने भन्दै तत्कालका लागि तीनमहिनालाई पुग्ने औषधि ल्याउने निर्णय गरेको हो ।

बैठकले ‘फास्टट्रयाक’ प्रक्रियाबाट औषधि ल्याउन सात दिनको समयसीमा राखेर सार्वजनिक रुपमा प्रस्ताव आवहान गर्ने र सकेसम्म छिटो र सस्तोमा औषधि ल्याउने कम्पनीसंग सम्झौता गर्ने मन्त्रालयको तयारी छ । स्रोतका अनुसार १ महिना भित्र औषधि ल्याउनैपर्ने बाध्यकारी व्यवस्था गरिदैछ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले लामो समय देखीको भारतीय नाकाबन्दी र मधेसीमोर्चाको आन्दोलनले देशैभर औषधिको अभाव हुँदै गएकोले त्यसलाई तत्काल सम्वोधन गन फास्टट्रयाक प्रक्रिया अघि बढाएको बताए । उनले मन्त्रालयले यो प्रक्रियाबाट खरीद गर्ने प्रस्ताव विहीबारको मन्त्रिपरिषद बैठकमा दर्ता गरेपनि बैठकले मन्त्रिस्तरीय निर्णयबाटै निर्णयबाट काम गर्ने स्वीकृति दिएपछि बिहीबार नै मन्त्रीस्तरीय निर्णय गरिएको जानकारी दिए ।

यसअघि भूकम्पका बेला पनि सरकारले ५० लाख बराबरको  औषधि ‘फास्टट्रयाक’ प्रक्रियाबाट ल्याएको थियो । नियमित प्रक्रियाबाट औषधि खरीद गर्दा कम्तीमा ६ महिना लाग्छ । प्रस्ताव आवहान गर्दा नै ४५ दिनको सुचना निकाल्नुपर्ने र सबै प्रक्रिया समयमै भएपनि औषधि आइपुग्न कम्तीमा छ महिना लाग्ने गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *