अब एमबीबीएस अध्ययनका लागि ३५ लाख मात्रै !

नेपाली हेल्थ/काठमाडौँ-1337657638

शिक्षा मन्त्रालयले एमबीबीएसको प्रवेश परीक्षा उतिर्ण गरेका विद्यार्थीललाई निर्धारित शुल्कमा अध्ययन गराउने भएको छ । विद्यार्थीले कलेजको बैंक खातामा रकम जम्मा गरेको भौचर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा बुझाएपछि ३५ लाख रुपैयाँमा पढ्न पाउने व्यवस्था गरेको छ । कलेज सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी माग गरेपछि यस्तो व्यवस्था गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

विद्यार्थीले कति शुल्क बुझायो भन्ने तथ्याङक आइओएमसंग हुने भएपछि कलेजले बढी शुल्क लिन पाउने छैन । भर्ना गर्न आवश्यक रकम बैंकमा तिरेको भौचर बुझाएपछि डीन कार्यालयले सम्बन्धन प्राप्त कलेजमा भर्ना गरिदिनु पर्ने सोमबारको मन्त्री स्तरीय निर्णय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए । उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । सहकुलपतिको हैसियतले शिक्षा मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

खतिवडाका अनुसार कलेजले खाता नम्बर सार्वजनिक गर्नु पर्ने, उक्त खाता नम्बरमा विद्यार्थीले रकम जम्मा गरेर भौचर डिन कार्यालयमा बुझाउनु पर्ने निर्णय भएको छ । ‘मेरिटको आधारमा भर्ना गर्न कलेज छनौट गरिसकेको विद्यार्थीको पढाई सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको हो,’ उनले भने ।

कलेजहरुले एमबीबएस अध्ययन गर्न ४० लाख रुपैयाँ बढी माग गरेपछि मन्त्रालयले ३५ लाख रुपैयाँ भन्दा बढी नतिर्न अभिभावकलाई आग्रह गरेको थियो । मन्त्रालयको निर्देशन कलेजले नमानेपछि भर्ना गर्न आवश्यक रकम बैंकमा बुझाएको भौचर बुझाएपछि चिकित्सा शास्त्र डीन कार्यालयले गरिदिनु पर्ने व्यवस्था गरेको हो । ४० लाख रुपैयाँ बढी रकम मागेको भन्दै विद्यार्थीहरुले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र अन्य निकायमा पनि उजुरी दिएको थियो । मन्त्री पोखरेलले आफनो जिम्मेवारी सुरु गरेदेखि नै नियम भन्दा बढी शुल्क दिन नपाउने अडानमा छन् ।

-आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *