औषधि अभाव भएपछि खरीद प्रक्रिया छोट्याइदै

नेपालीहेल्थ/काठमाडौँ ११ मंसिर –medicines-l

भारतीय नाकाबन्दीले देशैभर औषधि अभाव भएपछि सरकारले छोटो विधिबाट औषधि खरीद गर्ने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना भित्र औषधि आपूर्ति गर्ने गरी सात दिनको सूचना निकालेर औषधि खरीदको तयारी गरेको हो ।

सरकारको खरीद प्रणाली अनुसार सप्लायर्सको छनोट गर्न नै ४५ दिनको सूचना निकालिने गरिन्छ । त्यसपछि प्रक्रिया मिलाएर औषधि आइपुग्दा कम्तीमा छ महिना लाग्छ । तर अहिले अवस्था असहज भएको भन्दै इमरजेन्सीको रुपमा औषधि खरीद गर्न खोजिएको हो ।

‘अहिले अवस्था असहज छ । गतवर्ष नै निर्णय भएको ७० प्रकारका निशुल्क औषधि पनि स्वास्थ्य चौकीसम्म पु¥याउनु छ । अरु औषधि पनि अभाव भइरहेको छ । त्यसैले पनि छिटो खरीद गरी वितरण गर्नुपर्छ’, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीम टिंकरीले भने । उनले आगामी सोमबार मन्त्रीपरिषदको बैठममा सो सम्वन्धी व्यवस्था मन्त्रिपरिषद बैठकमा पेश गर्ने गरी तयारी भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *