ग्रीनसिटीमा १० जनाको नि:शुल्क सल्यक्रिया

नेपालीहेल्थ/काठमाडौँ, १० मंसिर –12234867_10153446583097886_5244959316045698710_n

मुटुरोगका गम्भीर बिरामी १० जना विपन्न नागरिकले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा उनीहरुको मुटुको सल्यक्रिया ( ओपनहार्ट सर्जरी) निशुल्क गरिएको हो । त्यसरी उपचार पाउनेमा कालिकोटका ९ र धादिङका १ जना विरामी छन् ।

बरिष्ट मुटु सल्यचिकित्सक डा. अनिल भट्टराईको टोलीले सो अस्पतालमा झण्डै दुई महिना लगाएर १० जनाको सल्यक्रिया गरेको हो ।

गतवर्ष पुसमा बरिष्ट सल्यचिकित्सक डा. भट्टराईको टोली मुटु स्वास्थ्य सिविर राख्न कालिकोट पुगेको थियो । सेभ द हार्ट र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको संयुक्त आयोजनामा सञ्चालित उक्त सिविरमा परीक्षणका लागि आएका १ हजार ४ सय मध्ये २० जनामा मुटुको जटिल अवस्था देखिएको थियो ।

तत्काल सल्यक्रिया नगरे ज्यान नै जोखिममा पर्ने अवस्था भएपछि आर्थिक रुपमा विपन्न ती विरामीलाई निशुल्क उपचार गर्ने पहल भएको हो । एक जनाकै झण्डै ४ लाख रुपैया खर्च हुने सल्यक्रिया गर्न सेभ द हार्ट, नेशनल हार्ट सेन्टर र ग्रीनसिटी अस्पतालको सयुक्त सहयोगमा सम्भव भएको डा. भट्टराईले बताए ।

त्यतिखेरै स्वास्थ्य जाँचका क्रममा मुटुको अत्यन्तै जटिल अवस्था भेटिएका कालिकोट फुकोट गाविसका १३ वर्षिया चरित्रा धमला र मुग्राका ११ वर्षिय टेक बि.कले दुई महिना अघिनै उपचार गरि घर फर्केका थिए । बाँकी ८ विरामीहरुको भने कात्तिकको अन्तिम साता सल्यक्रिया गरिएको हो ।12278980_1274661869225997_9039231492957235017_n

त्यसरी नि:शुल्क सल्यक्रिया सेवा प्राप्त गर्ने विरामीहरुमा कुमा गाँउ ९ कालिकोटका १२ बर्षिय सुनील दर्जी, भर्ता १ कालिकोटका ६ बर्षिय सुनील धिताल, मान्म ९ कालिकोटका ३० बर्षिया अम्विका पाण्डे रहेका छन् । त्यसैगरी नानीकोट ७ कालिकोटका २४ बर्षिय मेघराज संजेल, मान्म ९ कालिकोटका २५ बर्षिय हिरा नेपाली, मान्म ५ का २९ बर्षिया विमला शाही, मेहलमुडी ५का २१ बर्षीया सरिता बोहरा रहेका छन् । त्यस्तै मैदी १ धादिङका १९ बर्षिय एकबहादुर थापाको पनि निशुल्क रुपमा ओपनहार्ट सर्जरी गरिएको छ ।

विकट जिल्लामा पुगी विरामी खोजी जटिल विरामीलाई निशुल्क उपचारको बाताबरण बनाएका डा भट्टराईले सबै विरामीको सफलता पूर्वक अप्रेसन भएकोमा खुशी व्यक्त गरे । उनले उपचार तथा सल्यक्रियाका लागि अस्पतालको तर्फबाट भएको सहयोगको प्रशंसा गरे ।DSC00274

‘पहिला देखी नै मलाई यस्तो गरीवहरुलाई सेवा गर्ने इच्छा थियो । जुन केही हदसम्म सम्भव भएको छ । कालिकोट पुगेर विरामी भेटाई यहाँ ल्याएर उपचार गराउन सफल भए’ बुधबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने । उनले जटिल सल्यक्रियाका लागि चिकित्सक नर्स तथा प्यारामेडिक्स साथै अस्पताल व्यवस्थापनले गरेको सहयोगको खुलेर प्रशंसा गर्न गरे ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क उपचार सेवाका लागि अस्पतालले समेतख सहयोग पु¥याएको बताए । उनले विगतमा समेत अस्पतालले विपन्न विरामीको निशुल्क उपचार गरेको उल्लेख गर्दै भविस्यमा पनि यस्ता कार्य जारी राख्ने बताए ।

सल्यक्रिया गरिएका विरामीहरु
सल्यक्रिया गरिएका विरामीहरु

अस्पतालका मेडिकल डाइरेक्टर डा. रोमियो कंशाकारले ग्रीनसिटी अस्पतालमा जटिल भन्दा जटिल रोगको पनि उपचार भएको भन्दै मुटु मस्तिस्क पेट तथा हाडजोर्नी जस्ता समस्याको सहज सल्यक्रिया भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *