ग्रीनसिटीमा १० जनाको नि:शुल्क सल्यक्रिया
नेपालीहेल्थ/काठमाडौँ, १० मंसिर –
मुटुरोगका गम्भीर बिरामी १० जना विपन्न नागरिकले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा उनीहरुको मुटुको सल्यक्रिया ( ओपनहार्ट सर्जरी) निशुल्क गरिएको हो । त्यसरी उपचार पाउनेमा कालिकोटका ९ र धादिङका १ जना विरामी छन् ।
बरिष्ट मुटु सल्यचिकित्सक डा. अनिल भट्टराईको टोलीले सो अस्पतालमा झण्डै दुई महिना लगाएर १० जनाको सल्यक्रिया गरेको हो ।
गतवर्ष पुसमा बरिष्ट सल्यचिकित्सक डा. भट्टराईको टोली मुटु स्वास्थ्य सिविर राख्न कालिकोट पुगेको थियो । सेभ द हार्ट र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको संयुक्त आयोजनामा सञ्चालित उक्त सिविरमा परीक्षणका लागि आएका १ हजार ४ सय मध्ये २० जनामा मुटुको जटिल अवस्था देखिएको थियो ।
तत्काल सल्यक्रिया नगरे ज्यान नै जोखिममा पर्ने अवस्था भएपछि आर्थिक रुपमा विपन्न ती विरामीलाई निशुल्क उपचार गर्ने पहल भएको हो । एक जनाकै झण्डै ४ लाख रुपैया खर्च हुने सल्यक्रिया गर्न सेभ द हार्ट, नेशनल हार्ट सेन्टर र ग्रीनसिटी अस्पतालको सयुक्त सहयोगमा सम्भव भएको डा. भट्टराईले बताए ।
त्यतिखेरै स्वास्थ्य जाँचका क्रममा मुटुको अत्यन्तै जटिल अवस्था भेटिएका कालिकोट फुकोट गाविसका १३ वर्षिया चरित्रा धमला र मुग्राका ११ वर्षिय टेक बि.कले दुई महिना अघिनै उपचार गरि घर फर्केका थिए । बाँकी ८ विरामीहरुको भने कात्तिकको अन्तिम साता सल्यक्रिया गरिएको हो ।
त्यसरी नि:शुल्क सल्यक्रिया सेवा प्राप्त गर्ने विरामीहरुमा कुमा गाँउ ९ कालिकोटका १२ बर्षिय सुनील दर्जी, भर्ता १ कालिकोटका ६ बर्षिय सुनील धिताल, मान्म ९ कालिकोटका ३० बर्षिया अम्विका पाण्डे रहेका छन् । त्यसैगरी नानीकोट ७ कालिकोटका २४ बर्षिय मेघराज संजेल, मान्म ९ कालिकोटका २५ बर्षिय हिरा नेपाली, मान्म ५ का २९ बर्षिया विमला शाही, मेहलमुडी ५का २१ बर्षीया सरिता बोहरा रहेका छन् । त्यस्तै मैदी १ धादिङका १९ बर्षिय एकबहादुर थापाको पनि निशुल्क रुपमा ओपनहार्ट सर्जरी गरिएको छ ।
विकट जिल्लामा पुगी विरामी खोजी जटिल विरामीलाई निशुल्क उपचारको बाताबरण बनाएका डा भट्टराईले सबै विरामीको सफलता पूर्वक अप्रेसन भएकोमा खुशी व्यक्त गरे । उनले उपचार तथा सल्यक्रियाका लागि अस्पतालको तर्फबाट भएको सहयोगको प्रशंसा गरे ।
‘पहिला देखी नै मलाई यस्तो गरीवहरुलाई सेवा गर्ने इच्छा थियो । जुन केही हदसम्म सम्भव भएको छ । कालिकोट पुगेर विरामी भेटाई यहाँ ल्याएर उपचार गराउन सफल भए’ बुधबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले भने । उनले जटिल सल्यक्रियाका लागि चिकित्सक नर्स तथा प्यारामेडिक्स साथै अस्पताल व्यवस्थापनले गरेको सहयोगको खुलेर प्रशंसा गर्न गरे ।
अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क उपचार सेवाका लागि अस्पतालले समेतख सहयोग पु¥याएको बताए । उनले विगतमा समेत अस्पतालले विपन्न विरामीको निशुल्क उपचार गरेको उल्लेख गर्दै भविस्यमा पनि यस्ता कार्य जारी राख्ने बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. रोमियो कंशाकारले ग्रीनसिटी अस्पतालमा जटिल भन्दा जटिल रोगको पनि उपचार भएको भन्दै मुटु मस्तिस्क पेट तथा हाडजोर्नी जस्ता समस्याको सहज सल्यक्रिया भइरहेको बताए ।
सम्पर्क इमेल : [email protected]