स्वास्थ्य बीमा लागु हुने थप १० जिल्ला छनौट

नेपालीहेल्थ /काठमाडौँ ९ मंसिर-mohp

सरकारले स्वास्थ्य बीमा लागू हुने थप १० जिल्ला छनौट गरेको छ । संघीय संरचनाको आधारमा ती जिल्ला छनौट गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार छनौट गरिएका जिल्लाहरुमा प्रदेश नम्वर १ बाट झापा, प्रदेश नं २ बाट रौतहट, प्रदेश नम्वर ३ बाट चितवन र भक्तपुर, प्रदेश नम्बर ४ बाट कास्की र म्याग्दी जिल्ला रहेका छन् ।

त्यसैगरी प्रदेश नम्वर ५ बाट पाल्पा, प्रदेश नम्बर ६ बाट जाजरकोट र जुम्ला, प्रदेश नम्बर ७ बाट बैतडी जिल्ला छनौट भएको छ ।

समितिका कार्यकारी निर्देशक श्रीकृष्ण नेपालले छनौट भएका जिल्लाहरुमा बीमासम्वन्धी प्रारम्भीक कार्यको सुरुवात हुने बताए । उनले यसैबर्ष देखी कार्यलय स्थापना गर्ने, कर्मचारी छनौट गर्ने लगायतका काम हुने बताए ।

सरकारले चालु आर्थिक बर्षको बजेट बक्तव्यमा थप १० जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने उल्लेख गरेको थियो । सोही अनुसार जिल्ला छनौट गरिएको निर्देशक नेपालले बताए ।

यसअघि स्वास्थ्य बीमा कार्यक्रम पाइलटिङको रुपमा अघि बढाउन छनौट भएका जिल्लाहरु इलाम बाग्लुङ र कैलालीमा तयारी अन्तिम चरणमा पुगेको निर्देशक नेपालले बताए । उनले यसै आर्थिक बर्षको बैशाख जेठसम्ममा कार्यक्रम सुरु गर्ने तयारी भएको जानकारी दिए । सरकारले चालु आर्थिक बर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमका लागि ५० करोड रकम विनियोजन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *