एनआरएनले दियो ३८ लाखको औषधि (फोटो फिचर सहित)

4नेपालीहेल्थ /काठमाडौँ ८ मंसिर-

गैरआवासीय नेपाली संघ (एनआरएन)ले सरकारलाई ३८ लाख रुपैया बराबरको अत्यावश्यक औषधि हस्तान्तरण गरेको छ ।मंगलबार स्वास्थ्य सेवा विभाग आपूर्ती व्यवस्था महाशाखामा भएको कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गरे ।

आज प्रदान गरिएको औषधि तीन करोड रुपैयाको औषधि दिने योजनाकै पहिलो खेप हो । पहिलो खेपमा लाइफसेभिङ औषधि, इमरजेन्सी औषधि , अप्रेसनमा प्रयोग हुने औषधि , उपकरण आइसियुका सामाग्रीहरु छन् ।2

औषधि हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष शेष घलेले भारत, चीन , बंगलादेश लगायतका देशबाट खरीद गरिएका औषधिहरु ल्याउन कार्गोको समस्यका कारण केही ढिलाई भएको बताए । उनले बाकी औषधि निकट भविस्यमै नेपाल आइपुग्ने जानकारी दिए ।

स्वास्थ्यमन्त्री चौधरीले नेपाललाई परेको अप्ठेरो बुझेर एनआरएनले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । उनले भारतको नाकाबन्दी र मधेशीमोर्चाको आन्दोलनले स्वास्थ्य क्षेत्रमा परेको असर मेटाउन एनआरएनको सहयोगको प्रशंसा गरे ।

3mn

तस्बिर : श्याम तामाङको फेसबुकबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *