भारतीय नाकाबन्दी विरुद्ध डाउनसिन्ड्रोम समाजको प्रर्दशन( फोटो फिचर सहित )

IMG_20151123_125043नेपालीहेल्थ/ काठमाडौँ ७ मंसिर –

भारतीय नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै नेपाल डाउनसिन्ड्रोम समाज नेपालले विरोध जनाएको छ । उसले सोमबार मध्यान्न रत्नपार्क देखी दरबारमार्ग हुदै लैनचौरसम्म र्यालीको आयोजना गरेको छ ।

र्यालीमा सहभागीहरुले भारतीय नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै चर्का नारा लगाएका थिए । उनीहरुले प्लेकार्डका थिए । त्यस्तै रगत संकलन गर्ने व्लड व्याग समेत बोकेका थिए ।

रयालीमा सुस्त मनस्थितिका बालबालिकाहरु समेत सहभागी थिए । उनीहरुले बोकेको प्ले कार्डमा भारतीय नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पुगेको उल्लेख थियो । IMG_20151123_125047IMG_20151123_125049IMG_20151123_125059

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *