आइपुग्यो अढाइ करोडको औषधि

नेपालीहेल्थ/काठमाडौँ,७ मंसिरNepal_aid_from_CHi_3281888b-300x187

लामो समयदेखि तराई मधेसमा भइरहेको आन्दोलन र सीमा नाकामा देखिएको अवरोधका कारण अत्यावश्यक औषधिको अभाव भएपछि नेपाल औषधि व्यवसायी संघको पहलमा तीन दिनदेखि एयर लिफ्टिङ गरेर औषधि भित्त्याउन थालिएको छ।भारतबाट औषधि एयर लिफ्टिङ गर्न भारतीय एयरलाइन्सहरूले नमानेका कारण नेपाल एयरलाइन्सले भारतको मुम्बई र नयाँ दिल्लीबाट थाइल्यान्ड पुर्याएर नेपाल ल्याएको छ।

नेपाल एयरलाइन्सले मात्र औषधि ल्याएका कारण ३ दिनमा औषधि भित्रिएको हो। नेपालले यति बेला भारतबाहेक थाइल्यान्ड, बंगलादेश र मलेसियाबाट पनि औषधि ल्याउन शुरू गरिसकेको छ। संघले आइतबार नै स्वास्थ्य मन्त्रालयसमक्ष अति आवश्यक औषधिको सूची नै बनाएर हस्तान्तरण गर्नुका साथै अमेरिका, जापान र स्विजरल्यान्डबाट पनि मगाउन आग्रह गरेको छ।

राज्यले समयमै ध्यान नदिएका कारण औषधि अभाव भएको ठम्याइ संघको छ। ‘सरकारले सीमामा नाकाबन्दी भएपछि जसरी दूध, पानीलाई अति आवश्यक सूचीमा राख्यो त्यसरी नै औषधिलाई पनि राखेको भए यो समस्या आउने थिएन। हामीले महँगोमा इन्धन खरिद गरेर भए पनि औषधि सप्लाई गर्ने काम गर्दै आएका छौं।

‘सरकारको ध्यान अझै पुग्नुपर्ने जति पुगेको छैन। शुरूआत भएको छ’ संघका महासचिव हरि बिडारीले भने। उनका अनुसार राज्यसँग हारगुहार गर्दा गर्दै १ सय दिन बितेको छ। त्यतिन्जेज बिरामीका लागि नभई नहुने अति आवश्यक जीवनरक्षक औषधि आकस्मिक रूपमा आईसीयू र सीसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई प्रयोग गर्ने औषधि र अति आवश्यक मुटु, कलेजो, किड्नी, सुगर र मानसिक रोगीले प्रयोग गर्ने औषधिको अभाव शुरू भएको हो। यस्ता बिरामीले समयमै औषधि सेवन गर्न पाएनन् भने प्रतिकूल असर पर्न गई ज्यानैसमेत जान सक्ने खतरा हुन्छ। त्यसैले संघबाट अहोरात्र जनमानसमा प्रतिकूल असर नपरोस् भनी एयर लिफ्टिङ, ≈यान्ड क्यारी, रुट परिवर्तन जे जे गर्न सकिन्छ त्यही अपनाएर भए पनि औषधि अभाव हुन नदिने प्रयत्न जारी छ।

शुक्रबारदेखि एयर लिफ्टिङबाट नेपाल भित्रिन शुरू गरेको औषधि आइतबारसम्म झन्डै अढाइ करोड बराबरको ६ सय ८० कार्टुन औषधि भित्रिसकेको छ। यो क्रम जारी रहेकाले अब औषधि अभाव नहुने बिडारीले बताए । रिरुट अर्थात् एयर लिफ्टिङ गर्दा १० लाख रुपियाँभन्दा बढी भाडा मात्र खर्च भइसकेको छ। यो थप खर्च औषधि कम्पनीले नै बेहोर्दै आएकाले औषधिको मूल्यमा कुनै परिवर्तन हुँदैन। कसैले तोकेको मूल्यभन्दा बढी लिने या कालोबजारी गर्ने कार्य गरेमा संघले कारबाही गर्ने बिडारीले नेपाल समाचारपत्रलाई जानकारी गराए।

यति बेला बजारमा जुन किसिमको औषधिको अभाव शुरू भएको छ, यसलाई पूर्ति गर्न औषधि व्यवसायी संघको पहलमा नेपाल सरकारले रुट नै परिवर्तन गरी भैरहवा पुर्याई एयर लिफ्टिङ गरेर काठमाडौं ल्याइएको संघले जनाएको छ। विगत ३ महिनादेखि बिरामीको जीवनरक्षाका लागि नभई नहुने औषधि बोकेका ३ सय ५० वटा ट्रक वीरगन्ज नाकामा नै थन्किएर बसेका छन्।

-आजको नेपाल समाचार पत्र दैनिकमा भगवती तिमल्सेनाले लेखेको समाचार 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *