एनआरएन र थाइ सरकारको औषधि सोमबार नेपाल भित्रदै

नेपाली हेल्थ / काठमाडौँ, ६ मंसिर-nrn2

गैरआवासीय नेपाली संघ( एनआरएन)को सहयोगमा तीन करोड रुपैयाको औषधि सोमबार नेपाल भित्रने भएको छ । भारतको नाकाबन्दी र मधेसीमोर्चाको आन्दोलनबाट देशभर देखिएको औषधि अभावको समस्यालाई न्युनिकरण गर्न एनआरएनले औषधि पठाएको हो ।

एयर लिफ्टिङ भारत तथा बंगलादेशबाट ल्याउन लागिएको सो औषधि तथा उपकरणहरु प्रायजसो केन्द्रीय अस्पतालहरुमा पठाइने छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार एनआरएनले बजारमा अभाव भई केन्द्रीय अस्तपालका उपचार सेवामा प्रभाव परेका औषधिहरु पठाउदै छ । ‘खासगरी केन्द्रीय अस्पतालका लागि चाहिने लाइभसेभिङ तथा अप्रेसनका लागि चाहिने उपकरणहरु हुने बताइएको छ’ मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने ।

यता भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनबाट सिर्जित औषधि अभाव न्युनिकरण गर्न थाइल्याण्डबाट औषधि आउने भएको छ । थाइएयरबाट सोमबार आउने अत्यावश्यक औषधि थाइसरकारले पठाउन लागेको हो ।

नेपालस्थित थाई दुतावासका प्रतिनिधीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो जानकारी दिएका छन् । प्रवक्ता  श्रेष्ठका अनुसार अभाव भएका लाइफसेभिङ तथा इमरजेन्सी र अप्रेसनका उपकरणहरु पठाउने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *