बीरगञ्जमा औषधि बोकेको ट्रकमा आगजनी

नेपाली हेल्थ / बीरगञ्ज ४ मंसिर-

मधेसी मोर्चाका कार्यकर्ताले बीरगञ्जमा गएराती १ बजे औषधि लोड गरेको ट्रकमा आगजनी गरेका छन् । प्रहरीका अनुसार आगजनीबाट२० रुपैया बढीको औषधि जलेर नष्ट भएको छ ।

विहीबार सिंहदरबारमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले औषधि भित्रयाउन दिने निर्णय संगै व्यवसायीले बीरगञ्ज गोदाममा रहेको अत्यावश्यक औषधि जनकपुर लैजान राती नै ट्रकमा लोड गरेका थिए । अत्यावश्यक औषधि लेखिएको व्यानर समेत टागिएको ट्रकमा राती करीव १ बजे आएका मोर्चाका कार्यकर्ताले पेट्रोलबम फालेको चालकले जनाएका छन् ।

पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार वीरगन्ज उपमहानगरपालिका-१४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *