अनुहार प्रत्यारोपणमा ऐतिहासिक सफलता : अनुहार पुरै जलेका हार्डिसनले यसरी पाए नयाँ जीवन

अमेरिका-face-transplant-split-hardison-exlarge-169

मिसिसिपी राज्यका स्थायी बासिन्दा प्याट्रिक हार्डिसन (४१)ले अहिले ब्रुकलिनका २६ बर्षिय मोटरसाइकल मेकानिकको अनुहार लिएर बसिरहेका छन् ।

अग्नी नियन्त्रकको रुपमा स्वयंसेवक गर्दै आएका उनी सन २००१ मा ठूलो दुर्घटनामा परे । उनी भए नजिकै एक घरमा भएको आगलागी निभाउन घरभित्र जाँदा दुर्घटनाबस उनी आफै आगोको भूमरीमा परे । जव उनी अरुलाई बचाउन भन्दै जलिरहेको घर भित्र पसे उनी माथि जलिरहेको छाना खस्यो, उनको मास्क जल्यो । त्यसपछि उनी हत्तन पत्त सास रोकेर झयालबाट बाहिर हामफाले । तर , त्यतिन्जेलमा उनको अनुहार, टाउको, घाटी, आँखाको ढकनी, कान, ओठ , नाक कपालहरु पूर्ण रुपमा जलिसकेको थियो ।

गम्भीर घाइते भएका हार्डिसनको तत्कालै स्थानीय अस्पतालमा उपचार भयो ।डाक्टरहरुले  ७० वटा भन्दा बढी अप्रेसन गरे । तर उनको अनुहारको कुरुपता हटेन ।

गतवर्ष एक दिन उनी जाने गरेको सोनाटोवियाका स्थित एक चर्चका सदस्यले बरिष्ट प्लास्टिक सर्जन डा एड्वार्डो रोड्रीगेजको बारेमा बताए । डा. रोड्रीगेजको बारेमा थाह पाएका ती सदस्यले हार्डिसनलाई डा. रोड्रीगेजले केहीगर्न सक्ने भन्दै भेटने स्वीकृति लिए । हार्डिसनको स्वीकृति पछि ती सदस्य डा. रोड्रीगेजलाई भेटन युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टर पुगे । उनले हार्डिसनको अवस्थाबारे डा. संग कुरा गरे । डाक्टरले अनुहार प्रत्यारोपण गर्न सकिने भन्दै हार्डिसनलाई बोलाए । तर त्यतिवेला अनुहार दान गर्ने डोनर भेटिएन र उनी पुन मिसिसिपी फर्किए ।
गत १२ अगष्टमा ब्रुकलिनमा भएको एक मोटरसाइकल दुर्घटनामा जब २६ बर्षीय बाइक मेकानिकको मृत्यु भयो त्यसपछि डा. रोड्रीगेजले अनुहारका लागि डोनर भेटाए । मृतक युवकको परिबारले मुटु, कलेजो, मृगौला, आँखा, र हड्डीहरु अन्य विरामीलाई दान दिइसकेको थाह पाएका डा रोड्रीगेजले सो युवकको परिबार संग अनुहार पनि दान गर्न आग्रह गरे । डाक्टरको आग्रहलाई परिबारले सहर्स स्वीकारयो । डा. रोड्रीगेजल सोही युवकको अनुहार हार्डिसनमा प्रत्यारोपण गर्ने निधो गरे । उनले तत्कालै न्युयोर्क युनिभर्सिटीको ल्यागन मेडिकल सेन्टरमा हार्डिसन बोलाए ।

हार्डिसन आएको दुई दिन पछि अप्रेसन भयो । त्यतिबेला डा. रोड्रीगेजको नेतृत्वमा १५० जना चिकित्सकको टोलीले मृत्युभएको व्यक्तिको अनुहार निकाल्न मात्रै १२ घण्टा लगाएको जनाएको छ । त्यसपछि त्यतिनै समय लगाएर निकालिएको अनुहार हार्डिसनमा प्रत्यारोपण गरियो ।

डाक्टरहरुको टोलीले हार्डिसनलाई नयाँ अनुहार , खोपडी, कान, कानको क्यानल, च्यापुको हड्डी, गाला र नाक दुरुस्तै हुने गरी प्रत्यारोपण गरिदिए । अझ उनले आँखाको ढक्कन र आँखा झिम्क्याउन मद्धत गर्ने मांसपेशी पनि अप्रेसनबाट प्राप्त गरे ।

सन १९८५ पछि संसारभर २८ वटा अनुहार प्रत्यारोपण भएको छ । डा. रोड्रीगेजको अनुसार यसक्रममा तीन जनाले ज्यान गुमाएका छन् । हर्डिसनको अप्रेसन भएको तीन महिना पुगिसकेको छ । डा. रोड्रीगेजका अनुसार अहिले पनि उनको स्वास्थ्य ठिक छ र सुधारोन्मुक छ । अप्रेसन पछि बोल्न नसकेका उनी ६ महिना भित्र बोल्न सक्नेछन् ।

त्यस्तो खालको अप्रेसन गर्न अस्पतालले १० लाख डलर भन्दा बढी खर्च हुने जनाएको छ तर हर्डिसनको सम्पूर्ण उपचार निशुल्क गरिएको समेत अस्पतालले जनाएको छ ।

-एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *