‘विश्वमा मातृमृत्युदर घट्यो ‘

काठमाडौँ, २९ कात्तिक

संयुक्त राष्ट्रसंघले विश्वमा मातृ मृत्युदरमा कमी आएको बताएको छ । पछिल्लो २५ वर्षको तथ्यांकले विश्वको मातृ मृत्युदर कम्तीमा ४४ प्रतिशतले घटेको राष्ट्रसंघले भर्खरै जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघीय प्रतिवेदनमा सन् २०३० सम्म प्रसूतिसम्बन्धी जटिलताबाट हुने मृत्युलाई पूर्ण रूपमा निर्मूल पारिने पनि उल्लेख छ । राष्ट्रसंघका अनुसार सन् १९९० मा प्रतिलाख तीन सय ८५ आमाको मृत्यु हुने गथ्र्यो जुन अहिले दुई सय १६ मात्र छ ।

‘मातृ मृत्यु’ भन्नाले आमा गर्भवती रहेको अवस्थामा, बच्चा जन्माउने वेला र बच्चा जन्मिएको बढीमा ६ साताभित्र हुने मृत्युलाई लिइन्छ । विश्व स्वास्थ्य संगठन, राष्ट्रसंघीय बालकोषका साथै यसआबद्ध सबैजसो निकायको संयुक्त पहलमा निर्माण गरिएको सो प्रतिवेदन बिहीबार सार्वजनिक भएको हो ।

प्रतिवेदनमा सन् १९९० सम्म विश्वमा बच्चा जन्माउने जटिलताका कारण विश्वका करिब तीन लाख ५२ हजार आमाको मृत्यु हुने गरेकोमा त्यो संख्यामा कमी आएर तीन लाख तीन हजार पुगेको देखाइएको छ । आमा र बालबालिकाको स्वास्थ्यकेन्द्रित विश्वव्यापी कार्यक्रम सञ्चालनमा आएपछि यस्तो अवस्था देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

-एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *