कान्तिपुर जनरल हस्पिटलमा मधुमेहको परीक्षण सित्तैमा

kdc&general

काठमाडौँ २६ कात्तिक

विश्व मधुमेह दिवसको अवसर पारी बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलले आम सर्वसाधारणको लागि सित्तैमा मधुमेह रोग परीक्षणको व्यवस्था गरेको छ । अस्पतालमा परिसरमा आगामी २९ गते विहान ७ बजे देखी अपरान्ह ४ बजेसम्म मधुमेह परीक्षणको व्यवस्था गरिएको हो ।

अस्तपालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विश्व मधुमेह दिवस शनिबार नै परेपनि नेपालीहरुको महान चाड तिहारको रौनक नसकिने भएकोले एक दिन ढिला गरी आइतबार सिविर राख्न लागिएको जानकारी दिए । उनले व्लडमा सुगर फास्टि र पोष्टपारान्डाइल व्लड टेष्ट ( पीपी )को परीक्षण सित्तैमा दिन लागिएको बताए ।

सामाजिक उत्तरदायित्व अन्तरर्गत सो अस्पतालले विभिन्न दिवस, तथा समारोह वा आवश्यकताका आधारमा नियमित जस्तो निशुल्क स्वास्थ्य सिविर राख्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *