कोरियाका चिकित्सकले चिनी नखाँउ भनेपछि ….

कोरियामा अघिल्लो बर्ष भन्दा यो बर्ष २ हजार ३५ मेट्रिक टन चिनी कम खपत भएको देखाएको छ ।sugar

सोल २६ कात्तिक –

चिनीको अधिक प्रयोगले मधुमेह रोगको प्रकोप बढाएको निस्कर्षका साथ चिकित्सकहरु नै मिडिया क्याम्पियनमा खटिए पछि दक्षिण कोरियाकामा चिनीको खपत उल्लेख्य रुपमा घटेको छ । गतमहिना सार्वजनिक एक अध्ययनले कोरियामा अघिल्लो बर्ष भन्दा यो बर्ष २ हजार ३५ मेट्रिक टन चिनी कम खपत भएको देखाएको छ ।

चिकित्सकहरुले शरीरका लागि आवश्यक गुलियोपदार्थ अन्य खानेकुराबाट प्राप्त हुने भन्दै चिनी सकेसम्म नखान वा खानै परे दिनमा बढीमा ४५ ग्राम खान सुझाव दिदै आएका थिए । सोही अनुसार जनताले चिनीको प्रयोगदरमा कमी गरेको प्रोफेसर डाक्टर जोन किम बताउछन् । तर उनले अहिले पनि चिकित्सकले तोके तोके भन्दा बढी नै प्रयोग भईरहेको बताउछन । ‘कोरियाली जनताले पहिले दैनिक २ सय ग्राम सम्म सहजै खाने गर्दथे । चिकित्सक र मिडियाको क्याम्पेनिङ प्रयोगदरमा आधाले कमी भएको छ । तर मापदण्डसम्म झरिसकेको छैन,” प्राडा जोन भन्छन ।

कोरियाली जनतामा मोटोपना र मधुमेहको समस्या दिन प्रतिदिन बढदै गएपछि चिकित्सकहरु चिनीको प्रयोग विरुद्ध मिडिया क्याम्पेनिङमा लागेका हुन् । अहिले त्यहाँका सबै जसो टेलिभिजनले चिनीको प्रयोग नगर्न वा क मगर्ने बारेका चिकित्सकका सन्देशहरु प्रशारित गरिहेको छ ।

चिकित्सकले चिनीको अधिक सेवनले मधुमेहका साथै, मोटोपना बढाउने, माइग्रेन, फ्याटीलिभर,  टाउको दुख्ने, दाँतमा समस्या, छालामा समस्या, कोलेस्टेरोल बढने, तथा पेटको क्यान्सर, स्तन क्यान्सरको सम्भावना समेत बढने बताउने गरेका छन् ।

-एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *