बेंग्लोरको नर्सिङ पढाईमा प्रयोगात्मक अभ्यास न्युन

काटमाडौँ २५ कात्तिकd

नर्सिङ विषयको अध्ययन तीन चौथाई भाग प्रयोगात्मक अभ्यासमा केन्द्रीत हुन्छ । तर बेंग्लोरमा नर्सिङ पढन गएका अधिकांश विद्यार्थीले प्रयोगात्मक अभ्यासमा सहभागी नै नभई कोर्ष सकेर फर्किन बाध्य छन् । प्रयोगात्मक अभ्यास हुनेको पनि एकदमै कम मात्रामा हुने गरेको अध्ययनरत विद्यार्थीहरु बताउछन् ।

बेंग्लोरका इन्डो एसियन कलेज, पदम श्री कलेज, आचार्य कलेज, मिरेण्डा कलेज, फ्लोरेन्स कलेज, धनवन्तरी कलेज यस्ता कलेज हुन जहाँ एउटा पनि प्रयोगात्मक अभ्यास गराइदैन । नेप्लीज इन बेंग्लोर ग्रुपकी विद्यार्थी मुना दाहाल भन्छिन, ती कलेजमा पढ्ने थुप्रै नेपालीले विना अभ्यास नर्सिङ सकेर फर्कन बाध्य छन । उनले  सय भन्दा बढी नर्सिङ कलेजहरु भएको वेङलोरमा प्रयोगात्मक अभ्यास हुने एक दुईवटा भएको बताइन ।

नेपाल नर्सिङ एसोसियसनका अध्यक्ष तारा पोखरेलले नर्सिङ अध्ययनका लागि बेंग्लोर जाने नेपाली विद्यार्थीले प्रयोगात्मक अभ्यासको अवसर नपाएको बताइन । ‘सैदान्तिकमा उनीहरु अब्बल नै छन त्यसैले नेपाल नर्सिङ काउन्सीलले लिने लाइसेन्स परीक्षामा सजिलै उत्तीर्ण हुन्छन् तर प्रयोगात्मक अभ्यासमा भने निकै कमजोर छन्’, उनले भनिन ।

नेपालमै प्रयोगात्मकका लागि पहल

बेंग्लोरमा नर्सिङ पढेर फर्केका विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्ने अवसर नपाएपछि नेपाल नर्सिङ एसोसियसनले नेपालमै प्रयोगात्मक अध्यासको व्यवस्था मिलाउन पहल गरेको छ । उसले सैदान्तिक ज्ञान पाएका तर प्रयोगात्मक अभ्यास गर्न नपाएका नर्सिङ विद्यार्थीहरुलाई केही समयका लागि विशेष व्यवस्था गर्न सरकारसंग माग गरेको छ । एसोसियसनका अध्यक्ष पोखरेलले प्रयोगात्मक अभ्यासका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयसंग छलफल भइरहेको बताइन । उनले मापदण्ड नभएका कलेजहरुमा विद्यार्थी नपठाउने व्यवस्था मिलाउन र अहिले प्रयोगात्मक अभ्यास नभएका विद्यार्थीलाई केही समयको लागि नेपालमै व्यवस्था मिलाउन कुरो भइरहेको जानकारी दिइन ।

बेंग्लोर जानेले मात्रै बर्षमा एक अर्व तिर्छन

नर्सिङ अध्ययनका लागि बेंग्लोर जाने नेपाली विद्यार्थीले बर्षमा कम्तीमा १ अर्व बढी शुल्क त्यहा“का कलेजलाई तिर्ने गर्छन । विद्यार्थी मुना दाहाल भन्छीन बर्षमा एक हजार बढी नेपाली विद्यार्थी बेङलोर पुग्छन, प्रत्येक नेपालीबाट कम्तीमा १० लाख रुपैया लिने गर्छन । यस हिसावले पनि कम्तीमा एक अर्व रुपैया भन्दा बढी रकम  नेपाली विद्यार्थीले बेंग्लोरमा बुझाँउछन । तर त्यसको उचित प्रतिफल नेपाली विद्यार्थीहरुले पाउन सकेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *