कस्तो आश्चर्य ! अब मस्तिस्क समेत कृतिम बनाउदै

सुन्दै आश्चर्य लाग्ने कृतिम हात खुट्टा बनाउने, स्वासप्रस्वास गराउने मात्रै होइन बैज्ञानिकहरुले मृत शरीरको मुटु झिकेर जीवीत व्यक्तिमा प्रत्यारोपण गर्ने काममा समेत सफलता पाईसकेका छन् ।brain

जटिल जटिल अनुसन्धान गर्दै संसारलाई चकित तुल्याएका त्यस्तै बैज्ञानिकहरुको एक समूहले फेरी अर्को अनौठो अनुसन्धानमा हात हाल्दैछ । अबको अनुसन्धान सामान्य अंग प्रत्यारोपण होइन, सम्पूर्ण शरीरलाई सञ्चालन गर्ने मुख्य अंग मस्तिस्क नै तयार गर्न खोज्दैछन् ।

बैज्ञानिकका अनुसार इलेक्ट्रोनिक मेमोरी कोष बनाइन्छ जसले मानब मस्तिष्क जस्तै गरी काम गर्न सक्षम हुन्छ । यो मेमोरी कोष मस्तिष्क जस्तै गरी एकै चोटी कैयौं प्रक्रियाहरु सुचारु राख्ने र अलगअलग खालका सुचनाहरु संग्रह गर्न सक्षम हुन्छ।

अस्ट्रेलियाको मेलबर्न स्थीत आर.एम.आई.टि. युनिभर्सिटीको माइक्रोन्यानो खोज बिभागमा भएको सोधमा बैज्ञानिकहरु मानव मस्तिष्कको इलेक्ट्रोनिक प्रतिरुप बनाउनमा एकदम नजिक पुगी सकेका छन्।

उनीहरुका अनुसार यो सफलता कृत्रिम मस्तिष्क बनाउने दिशामा ठुलो उपलब्धि हो। कृत्रिम मस्तिष्क विकास सफल भएमा अल्जाइमर र पार्कीसंस जस्तो गम्भीर न्युरोलोजिकल रोगको सहज रुपमा पत्ता लाग्ने र उपचारमा समेत सहज सफलता प्राप्त हुने उनीहरुको विश्वास छ ।

-एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *