आयुर्वेदिक औषधिमा जनविश्वास जगाऔँ

काठमाडौँ, २३ कात्तिक

राज्यमन्त्री आलमलाई स्वागत गर्दै बैद्यखानाका कर्मचारीहरु
राज्यमन्त्री आलमलाई स्वागत गर्दै बैद्यखानाका कर्मचारीहरु

स्वास्थ्य राज्यमन्त्री मोहमद मुस्ताक आलमले आयुर्वेदिक औषधिमा जनताको विश्वास जगाउनुपर्ने बताएका छन् । उनले गुणस्तरमा ध्यान दिई उत्पादन गर्न र उत्पादित औषधिलाई बजार प्रबर्दन गर्नुपर्नेमा जोड दिएका छन् ।

धन्वन्तरी दिवस तथा आरोग्य दिवस एवं आफ्नो २१ औँ बार्षिकोत्सव समारोहको अवसरमा सोमबार सिंहदरबार बैद्यखाना विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री आलमले सोकुरा बताएका हुन् । उनले देशका विभिन्न भागमा पाइने बहुमूल्य जडिबुटीहरुको अध्ययन अनुसन्धान गरी नयाँ नयाँ उत्पादन तथा आविस्कारहरु समेत गर्दै लैजानुपर्ने बताएका छन् ।

सोही अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बैद्यखानाले उत्पादन र व्यापार बढाउनुपर्नेमा जोड दिए । उनले आयुर्वेदप्रति जनताIMG_20151109_134019को चासो रहेपनि एलोपेथिक औषधिले विश्वास जितेको भन्दै आयुर्वेदका विज्ञहरुले औषधिको प्रवर्धनका लागि थप क्रियाशिल हुनुपर्ने बताए । उनले उत्पादन र विक्री गरी व्यापारघाटा क मगर्न सुझाव समेत दिए ।

कार्यक्रममा बैद्यखानाका प्रवन्ध निर्देशक डा राजेन्द्र गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि योजना र चुनौतीको बारेमा समेत जानकारी गराएका थिए । आयुर्वेद विभागका महानिर्देशक डा देवकला भण्डारीले आयुर्वेदिक औषधि र उपचारको बारेमा जानकारी गराएकी थिइन ।

यसैबीच बार्षिकोत्सको अवसर पारी बैद्यखानाका कर्मचारीहरुले सोमबार नै बृहत रक्तदान कार्यक्रम आयोजना गरेका थिए । सो क्रममा ४० युनिट रगत संकलन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *