किन लाग्छ दाँतमा किरा ?

dantal careseतपाईँको दाँतमा किरा लागेको छ ?छैन ? छैन भने ठिकै छ । यदीे छ भने त बेला बेलामा दुखाईको अनुभव पनि लिइरहनु भएको छ होला ? तपाईँ मात्रै होइन नेपालमा झण्डै ८० प्रतिशत बढी मानिसहरु दाँतमा किरा लाग्ने समस्याबाट ग्रसित छन् । हो आज हामी यही विषयमा काठमाडौँको बसुन्धरामा अवस्थित कान्तिपुर डेन्टल हस्पिटलका अध्यक्ष एवं दन्तरोग विशेषज्ञ डा. बुद्धिमान श्रेष्ठबाट जानकारी लिने प्रयास गरेका छौँ । डा. श्रेष्ठको उत्तर यस्तो छ :

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भन्छौँ । दोस्रो तह इनामेल भन्दा भित्रको तह हो जसलाई हामी ‘डेन्टिन’ भन्छाँै । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो जसलाई हामी ‘ पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार समेत भइरहेको हुन्छ । र यो दाँतको सबैभन्दा कमजोर भाग हो ।

हाम्रो मुख भित्र हुने ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दा“त र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट दाँतको भित्रीभागमा छिर्छ । र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ ।

-डा. बुद्धिमान श्रेष्ठ, दन्तरोग विशेषज्ञ कान्तिपुर डेन्टल हस्पिटल
डा. बुद्धिमान श्रेष्ठ दन्तरोग विशेषज्ञ, कान्तिपुर डेन्टल हस्पिटल

एसिडले दाँतको बाहिरी भाग अर्थात इनामेल फोडेपछि त्यसभित्रका भागहरु फोडन गाह्रो हुदैन । इनामेल फोडेसंगै ब्याक्टेरियाले भित्र थप खोल्स्याउदै जान्छ । जब दाँतमा खोल्सिदै जान्छ, खानेकुराहरु त्यही गएर अडकन्छ, र जब अडकन्छ थप एसिड उत्पादन हुन थाल्छ । झनझन दाँत खोक्रिदै जान्छ ।

गुलियोले मात्रै विगार्ने होइन दाँत

विशेषगरी बालबालिकालाई गुलियो खानेकुरा दिदा दाँत किराउछ भन्ने भ्रम छ । गुलियो मात्रै होइन जुनसुकै खाद्यपदार्थले पनि दाँत विगार्छ । यदि त्यो दाँतमा रहयो भने । तर के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरु चिप्कने र त्यहिबाट एसिड उत्पादन सुरु हुने र दाँत किराएको देखिने भने सही हो । तर चिनीपानी, मह जस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । खानेकुरा जब दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत विगार्ने हो ।

दाँत जोगाउन के गर्ने ?

  • विहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त मन्जनले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने ।
  • बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने । त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र्र हुन्छ ।
  • कोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ । तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन ।
  • बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि सकेसम्म मुख कुल्ला गर्ने ।
  • हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *