आलमद्वारा  स्वास्थ्य राज्यमन्त्रीको रुपमा पदबहाली

काठमाडौँ, २२ कात्तिक-

alamविनाविभागीय राज्यमन्त्री मोहमद मुस्ताक आलमले स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्रीको जिम्मेबारी पाएका छन् । आलमले १३ दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीसंग विनाविभागीय राज्यमन्त्रीको रुपमा सपथ लिएका थिए ।

आलम मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका तर्फबाट गत संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित हुन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विशेष समारोहमा आलमले राज्यमन्त्रीको रुपमा पदवहाली गरेका थिए ।

यसअघि गत शुक्रबार फोरम लोकतान्त्रिकका महासचिव समेत रहेका सांसद रामजनम चौधरीले स्वास्थ्यमन्त्रीको रुपमा पदवहाली गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *