नियमित यौनसम्पर्क स्वास्थ्यका लागि लाभदायक

एजेन्सी-

स्वस्थ्य रुपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडिका लागि खुशीको खवर हुन सक्छ हालैको एक अनुसन्धानको नतिजा । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि भएको पाइएको छ । सोही अनुसन्धानले 151यौनसम्पर्कमा साथ दिने पार्टनर अर्थात महिला महिलाको शरीरलाई पनि लाभ हुने बताएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार नियमीत यौन सम्पर्क गर्ने पुरुषको टेस्टोस्टेरोनको मात्रा बढछ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मुटुसम्वन्धी रोग लाग्नमा समेत कम गर्छ ।

प्राय पुरुषहरु मुटुसम्वन्धी रोगले बढी प्रभावित हुने भएकोले पनि नियमित यौनसम्पर्क उनीहरुका लागि बढी लाभकर हुने देखिएको छ । यद्धपी महिलाहरुका लागि पनि त्यसले उत्तिकै लाभ पु¥याउछ ।त्यसैगरी अनुसन्धानकर्ताहरुले नियमीत यौनको सकारात्मक प्रभाव मधुमेहका विरामीहरुमा समेत परेको बताएका छन् । उनीहरुले भनेका छन् ,‘ नियमित यौनसम्पर्कले शरीरमा चिनीको मात्रा नियन्त्रण हुन्छ र यसले मधुमेहका रोगीहरुलाई राहत प्रदान गर्छ ।’

तर अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा पाटनरबीचको समझदारीलाई भने मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यदि यौनसम्र्कमा कुनै पाटनरको चाहनाविपरीत हो भने त्यसले सकारात्मक भन्दा नकारात्मक असर पु¥याउन सक्छ । अनुसन्धानमा संलग्न डा. रोजेलि भन्छन, ‘नियमित यौनसम्पर्कले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै अर्थात पुरुष महिला यौनप्रति इमानदार रहनुपर्छ । नत्र त्यसले विपरीत असर गर्न पनि सक्छ ।’

उनले विवाह पहिलै सम्बन्ध राख्ने पुरुÈ तथा एकभन्दा बढीसाथीस“ग यौनसंसर्ग गर्ने पुरुलाई भने यौनसम्पर्क लाभकारी नरहने बताएका छन् । ‘किनकी एकभन्दा बढी साथीस“ग अन्तरंग सम्बन्ध राख्ने पुरुषमा मानसिक तनाव बढी हुने र हीन भावनाले ग्रसित हुने हुने भएकाले शरीरमा टेस्टोस्टेरोनको उत्पादन कम हुन्छ । त्यसको कमीले स्वस्थमा लाभ हुदैन । अनुसन्धानले त्यस्ता व्यक्तिका लागि विभिन्न खालका यौनरोगको खतराको सम्भावना पनि बढी बताउछ । यौनसम्पर्क पनि बिहानीको समयमा गर्दा ज्यादा फाइदा लिन सकिने व्रिटेनको वेलफास्टको क्विन्स विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएको छ ।SEX

त्यसो त नियमित यौनसम्बन्धले शुक्रकिटको गुणस्तरमा समेत सुधार हुनुका साथै प्रजनन क्षमता समेत बृद्धि हुने अस्टेलियाली बैज्ञानिकद्धारा सन २००७ मा गरिएको एक अध्ययनले देखाएको थियो । अध्ययन अनुसार धेरैजसो पुरुषमा हुने शुक्रकिटको डिएनएमा हुने क्षतिलाई नियमित यौन सम्पर्कले हटाउने तथा  रक्तचाप नियन्त्रण गर्न र मोटोपना नियन्त्रण गर्न समेत सहयोगी हुने देखिएको थियो ।

उता बेलायतमा करीव ३ हजार व्यक्तिमा गरिएको हालैको एक सर्भेक्षणले हरेक १० मध्ये एक महिला मोटोपनको सिकार हुने गरेको भेटिएको थियो । उनीहरुलाई मोटाउने कारणबारे बुझदा आफ्नो यौनजीवन रुखो हुने गरेको बताएका थिए । मोटामध्ये अधिकांशले बर्षदिन सम्म एक पटक पनि यौनसम्पर्क गर्न नपाएको खुलाशा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नियमित यौनसम्पर्क स्वास्थ्यका लागि लाभदायक

  1. मेरो उमेर अहिले २२ बर्ष पुगेको छ र यति सानै उमेर मा मेरो कपाल झर्न थालेको छ पुन कपाल पहिला को जस्तै हुन के गर्नु पर्ला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *