भारतीय सीमानाका रक्सौलमा रोकियो तीन अर्बको औषधि

औषधि बोकेका ३७५ वटा ट्रक सीमानाका रक्सौलमा अहिले पनि रोकिएको छ ।

काठमाडौँ, २१ कात्तिक –

भारतले लगाएको नाकाबन्दीका कारण औषधि बोकेर आएको ३७५ वटा ट्रक सीमानाका रक्सौलमा रोकिएको छ । ती ट्रकमा तीन अर्व बढीको औषधि रहेको बताइएको छ ।

Nepal_aid_from_CHi_3281888b-300x187नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार नाकाबन्दीमा फसेका ४२५ वटा ट्रकमध्ये ५० वटा ट्रक सुनौली नाकाबाट नेपाल भित्रन सफल भएको बताए । उनले रोकिएका ट्रकलाई पनि रुट परिवर्तन गरी तत्काल ल्याउनुपर्ने व्यवस्था मिलाउन सरकारसंग माग गरे ।

संघका महासचिव हरिप्रसाद बिडारीले भारतको बाटो हुदै आउने औषधिमध्ये ८० प्रतिशत बीरगञ्ज नाका हुँदै आउने गरेकोले समस्या परेको बताए । उनले ल्याइएका औषधि राख्ने मुख्य गोदाम पनि बीरगञ्जमै रहँदा समस्या अन्यत्र ढुवानीका लागि समस्या परेको बताए ।

“हामीसंग अझै २ महिनालाई पुग्ने औषधि छ । तर नाकाबन्दी र आन्दोलनले इन्धन अभाव हुँदा भएको औषधि पनि एक ठाउबाट अर्को ठाउमा पुरयाउन सकिएको छैन । सरकारले औषधि ढुवानी गर्ने सवारीसाधनलाई इन्धनको विशेष व्यवस्था मिलाउनुपर्छ” बिडारीले भने ।उनले  नाकाबन्दीले औषधिको मुल्यमा कुनै परिवर्तन नहुने भन्दै औषधिमा जति मुल्य लेखिएको छ त्यतिनै तिर्न समेत  उपभोक्तालाई आग्रह गरे । “कसैले नाकाबन्दी र अभावका कारण देखाउदै औषधिको मूल्य बढी लिन पनि सक्छन तर त्यस्तो गर्न पाइदैन । कसैले पनि अभावको कारण देखाएर औषधिको बढी मूल्य लियो भने ठाँउको ठाँउ कारबाही हुन्छ” बिडारीले भने ।

सरकारले भने नाकाबन्दीले देशमा हुनसक्ने औषधिको अभावलाई रोक्न औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको छ । सो कार्यदलले औषधिको सहज उपलव्धता, बितरण र विकल्पका बारेमा समेत सरकारलाई सुझाव दिने छ । कार्यदलमा सरकारी प्रतिनिधी सहित औषधि उत्पादक, व्यावसायी, अस्पताल सञ्चालकहरु समेत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *