मेरो पहिलो प्राथमिकता औषधिको सहज उपलव्धाः स्वास्थ्य मन्त्री चौधरी

ram janam chau

काठमाडौँ, २० कात्तिक

स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले औषधि आपूर्तिको व्यवस्था मिलाउने आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् । उनले मधेशमा जारी आन्दोलन र भारतले लगाएको अघोशित नाकाबन्दीका कारण देशका विभिन्न भूभागमा अत्यावश्यक औषधिको अभाव देखिएको भन्दै सहज आपूर्तिका लागि पहल गर्ने बताए ।

शुक्रबार मन्त्रालयमा पदवहाली पछि संम्छिप्त कुरा गर्दै मन्त्री चौधरीले स्वास्थ्य क्षेत्र सबैभन्दा सम्वेदनशील क्षेत्र भएको भन्दै यसका सुधारका लागि आफू क्रियाशिल रहने बताए । आफू कुरा भन्दा काम बढी गर्न रुचाउने व्यक्ति भएको भन्दै कर्मचारीहरुबाट पनि सोही अपेक्षा रहेको बताए । मन्त्री चौधरीले हिमाल पहाड तराई मधेश सबैभागमा समान पहुचका साथ काम अघि बढाउने आफू प्रयत्नशील रहने बताए ।

त्यसअघि मन्त्रालयमै भएको परिचय कार्यक्रममा सचिव शान्तबहादुर श्रेष्ठले मन्त्रालयको काम र गतिविधिका बारेमा सम्छिप्त जानकारी गराएका थिए । उनले पछिल्लो एक बर्षमा मन्त्रालयले नीतिगत रुपमा धेरै बलियो भएको भन्दै कार्यान्वयन गर्नु अवको दायित्व भएको बताए । उनले मन्त्री चौधरीलाई भएका काम र हुन बाकी काम बारे समेत जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *