कान्तिपुर जनरल अस्पतालमा हेमोडाइलासिस सेवा सुरु

काठमाडौँ, २० कात्तिक

hemodialysis-pt
बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलमा हेमोडाइलासिस सेवा सुरु भएको छ । मिर्गौला फेल भएका विरामीलाई लक्षित गरी अस्पतालले ३ वटा डाइलासिस मेसिनद्धारा सेवा सञ्चालन सुरु गरेको हो ।अस्पतालले निकट भविस्यमै थप १४ वटा मेसिन सञ्चालनमा ल्याउने समेत जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले मृगौलाका विरामीहरुको बढ्दो चापलाई ध्यानमा राखी अस्पतालमा सेवा थप गरिएको बताए । उनले निकट भविस्यमै थप मेसिन सञ्चालन ल्याउने तयारी भएको जानकारी दिए । ‘काठमाडौको उत्तरी भेगमा ६० प्रतिशत मिर्गौलाका विरामी बस्दछन । उनीहरुका चाहिएजति डायलासिस मेसिन छैन । त्यसैले हामी यो सेवा सुरु गरेका हौँ,’ डा श्रेष्ठले भने ।

अस्पतालले डायलासीस सेवा सरकारी दरमै उपलव्ध गराएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *